डीपीएल-२ काे पहिलाे खेलमा साहव आलमको ह्याट्रिक, काठमाडाैं गोल्डेन्सलाई १४६ रनको लक्ष्य

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 153 पटक हेरिएको

चैत्र १७, कैलाली । धनगढी प्रिमियर लिग डिपिएलमा टिम चौराह धनगढीले काठमान्डौं गोल्डेन्स लाई एक सय ४६ रनको लक्ष्य दिएको छ ।

संघीय प्रहरी इकाइ कार्यालयको मैदानमा टस हारेर ब्याटिङ गरेको चौराहले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ४५ रन बनायो ।

चौराहको पारीमा सुनिल धमलाले अर्धशतक प्रहार गरे । डीपीएलको पहिलो खेलमा नै सुनिलले अर्धशतक बनाए । धमलाले ५७ वलमा ६८ रन बनाए । उनले आठ चौका र दुई छक्का प्रहार गरेका थिए ।

छैटौ ओभरमा ओपनर पुनित मिश्रालाई आउट गर्दै रसिद खानले काठमाडाैंलार्इ पहिलो सफलता दिलाएका थिए । धमला र शंकर रानाले दोस्रो विकेटका लागि ७१ रनको साझोदारी गरे ।

शंकर ब्यक्तिगत ३६ रनमा सन्नी पटेलको वलमा मैदान बाहिरिदा चौराहाको स्कोरबोर्डमा एक सय २६ रन रहेको थियो । विशाल स्कोर तर्फ अघि बढेको चौराहाको रनरेटलाई साहव आलमले रोके ।

१८ औं ओभरमा साहवले ह्याट्रिक गर्दै आफ्नो उत्कृष्ट बलिङको प्रमाणित गरे । उनले सुनिल धमला, सोमपाल कामी र सोनु खड्कालाई पवेलियनको बाटो देखाएका थिए ।

साहवले चार ओभरमा २३ रन खर्चिदै तीन विकेट लिए । जारी डिपिएलको यो पहिलो ह्याट्रिक हो । राजु रिजाल एघार र योगेन्द्र सिंह कार्की पांच रनमा अविजीत रहे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey