विराट गोल्डकप आजबाट, मोरङ ११ र थिम्पु फुटबल क्लब भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१७
  • |
  • 276 पटक हेरिएको

चैत्र १७, विराटनगर । विराट गोल्डकप फुटबल प्रतियोगिता आजबाट सुरु हुँदैछ ।

विराटनगरको शहीद मैदानमा फ्लडलाईटमा साँझ ६ बजे देखि सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा आयोजक मोरङ ११ र थिम्पु फुटबल क्लब, भुटान भिड्दैछन् ।

प्रतियोगितामा स्वदेशी र विदेशी गरी १० टिमको सहभागीता रहेको छ । नेपाल बाहिरका भूटानको थिम्पु फुटबल क्लब र भारतको  मोहम्डन स्पोर्टिङ क्लब सहभागी छन् भने नेपालका मनाङ मस्र्याङदी, सशस्त्र प्रहरी, थ्री स्टार, नेपाल पुलिस क्लब, नेपाल आर्मी क्लब, संकटा क्लब, झापा–११ र  मोरङ–११ गरी आठ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटनको अवसरमा १२ वर्ष मुनिका ५० खेलाडीसँग राष्ट्रिय स्तरका खेलाडीले मनोरञ्जनात्मक खेल प्रदर्शन गर्नेछन् । प्रतियोगिताको विजेताले १२ लाख ७१ हजार र उप–विजेताले ५ लाख ५१ हजार राशिको नगद पुरस्कारसहित कप प्राप्त गर्ने छन् ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey