नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा पहिलाे खेल खेल्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०७-०१
  • |
  • 192 पटक हेरिएको

सेन्ट्रल जाेन महिला भलिबल र दक्षिण एशियाली खेलकुद सागकाे तयारीका लागि बैदेशीक प्रशिक्षणमा रहेकाे नेपाली महिला भलिबल टिमले आज थाइल्याण्डको बैंकक युनिभर्सिटीसँग पहिलो मैत्रीपूर्ण खेल खेल्दैछ ।

नेपाल र युनिभर्सिटीबीचको खेल अपराह्न ४ बजेपछि हुनेछ । सन् १९९९ पछि बैदेशिक प्रशिक्षणमा गएकाे नेपाली महिला भलिबल टिमले थाइल्याण्डमा सात वटा अभ्यास खेल खेल्ने याेजना रहेकाे छ । जस अन्तर्गत नेपाल पहिलाे खेल युनिभर्सिटी टिमसँग खेल्न लागेकाे हाे ।

थाइल्याण्डको मैत्रीपूर्ण खेल र प्रशिक्षणपछि नेपालले कात्तिक २२ देखि २७ गतेसम्म हुने एभिसी सेन्ट्रल जोन महिला भलिबल खेल्नेछ । जुन बंगलादेशमा हुनेछ । यस्तै मंसिर १५ देखि २५ गतेसम्म घरेलु भूमीमा हुने सागमा प्रतिस्पर्धा गर्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey