मनाङ मदन भण्डारी गोल्डकपको सेमिफाइनलमा, पुलिस २–१ ले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१५
  • |
  • 183 पटक हेरिएको

चैत्र १५, बुटवल । मनाङ मस्याङ्दी क्लब बुटवलमा जारी मदन भण्डारी अन्तर्राष्टिय गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाईनलमा प्रवेश गरेको छ ।

बुटवलको मानवज्ञान माविको खेल मैदानमा भएको खेलमा मनाङ मस्याङ्दीले विभागिए टिम नेपाल पुलीसलाई २–१ गोलले पाखा लगायो । मनाङको जितमा अञ्जन विष्टले दुई गोल गरे ।

तिलोत्तमा गोल्डकपमा उपविजेता बनेको पुलिस क्लबले एक गोलको अग्रता जोगाउन नसक्दा पहिलो खेलबाटै बाहिरीयो । निकै प्रतिस्पर्धात्मक खेलको १४ औं मिनेटमा पुलिसका तेज तामाङले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

डिबक्समा रहेको बललाई विपक्षी खेलाडीहरुलाई छक्काउदै उनले गोल गरेका थिए । पहिलो हाफ १–० को एक गोलले पछि परेको मनाङले ६१ औं मिनेटमा अञ्जन विष्टको गोल मार्फत खेल बराबरीमा पुर्यायो ।

विदेशी खेलाडी भिक्टरको पासलाई सदुपयोग गर्दै उनले गोल गरेका हुन् । खेलको ७५ औं मिनेटमा पुनः अञ्जले गोल गर्दै टिमलाई २–१ को स्थितीमा पुर्याए । कर्नरमा रहेको बललाई विदेशी खेलाडी भिक्टरको पासमा गोल गरेका थिए ।

पुलिसका प्रशिक्षक अन्जनराज थापाले टिममा समन्वय र बलमा फोर्स कम हुदा हार्नु परेको बताए । उता मनाङका प्रशिक्षक छिरिड. लोप्साङले मध्यम खेल भएपनि जीत निकाल्न सकेको बताए ।

प्लेन डिलेका कारण उसका २ खेलाडी विराज महर्जन र विशाल राई अनुपस्थित थिए । प्रतियोगितामा मनाङ मस्याङदीका अञ्जन विष्ट म्यान अफ दि म्याच घोषित भए । उनले नगद १० हजार पुरस्कार पाए ।

आजको विजेताले सेमिफायनलमा सुनौलो संगमसँग फाइनलका लागि प्रतिस्पर्धा गर्ने छ । प्रतियोगिता अन्तर्गत पहिलो सेमिफाईनल खेलमा भोली आयोजक मदन भण्डारी स्पोर्टस एकेडेमी र थ्रि स्टार क्वलका बीच प्रतिस्पर्धा हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey