ओमान सिरीजमा नेपालकाे दुखद अन्त्य, घरेलु टिमसँग ६ विकेटले पराजित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-२३
  • |
  • 167 पटक हेरिएको

पाँच देशको सहभागिता रहेको टी २० क्रिकेट सिरीजको अन्तिम खेलमा नेपाल ओमानसँग ६ विकेटले पराजित भएको छ ।

ओमान क्रिकेट संघको मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपाल ओभरमा मात्र रन बनायो । निकै खराव सुरुवात गरेको नेपालल दुई रनमा पहिलो विकेट गुमायो । नेपालका दुई खेलाडीले मात्र दोहोरो अंक जोड्न सके । जसमा आरिफ शेखले सर्वाधिक २० रन बनाए । नेपालका ओपनर इशान पाण्डे मात्र दुई रनमा आउट भएका छन । जसका कारण नेपालले दुई रनमा पहिलो विकेट खेर फाल्यो ।

त्यसपछि नेपालको स्कोर २६ रन हुँदा कप्तान पारस खड्का पनि आउट भए । उनी ५ रनमा पेभेलियन फर्किए । लगत्तै क्रिजमा गएका दिपेन्द्र सिंह ऐरीपनि रनआउट भएपछि नेपालले ३६ रनमा तेस्रो विकेट गुमायो । दिपेन्द्र र आरिफ शेख विच तालमेल मिल्न नसक्दा दिपेन्द्र १० रनमा आउट भए ।

त्यसको लगत्तै विनोद भण्डारीपनि चार रनमा बोल्ड भएपछि नेपालले ४१ रनमा चौथो विकेट गुमायो । नेपालको विकेट झर्नेक्रम यतिमा रोकिएन । स्कोरबोर्डमा ४२ रन हुँदा सन्दिप जोरा खाता खोल्न नपाउँदै आउट भए ।

त्यसपछि छैटौ विकेटका रुपमा आरिफ शेख २० रनमा आउट हुँदा स्कोरबोर्डमा नेपालको स्कोर ४६ रन थियो । सातौ विकेटका रुपमा करण केसी र सोमपाल कामी केहि टिक्ने प्रयास गरेका थिए । तर करण ८ रनमा आउट भएपछि नेपालले ५७ रनमा सातौ विकेट गुमायो ।

लगातार विकेट गुमाएको नेपालका सन्दिप लामिछाने दुई रनमा आउट भए भने सोमपाल कामी आठ रनमा पेभेलियन फर्किए ।

जवाफमा ओसमानले ११ ओभर ५ बलमा चार विकेट गुमाउँदै लक्ष्य पुरा गर्यो । नेपालले पहिलो ओभरमा नै सफलता हात पार्यो । नेपालको पारीको सुरुवात गरेका सन्दिपले तेस्रो बलमा नै विकेट लिन सफल भए । उनले ओपनर अकीब लियासलाई शुन्य रनमा आउट गरे ।

त्यसपछि ओमानको स्कोर १५ रन हुँदा नेपालले दोस्रो सफलता हात पार्यो । उसका आमिर कालिमलाई आठ रनमा करण केसीले आउट गरे ।
ओमानको स्कोरबोर्डमा २६ रन हुँदा नेपालले तेस्रो विकेट हात पार्यो । उसका खवार अलीलाई सोमपाल कामीले नौ रनमा पेभेलियन फर्काए ।

लगत्तै नेपालले ओमानको चौथो विकेट लियो । उसका नसिम खुसी मात्र एक रनमा करण केसीको बलमा आउट भएपछि ओमानले २७ रनमा चार विकेट गुमायो । अन्तिममा ओमानका लागि सुरज कुमारले ४२ रनमा अविजीत रहे । जारी प्रतियोगितामा ओमान अविजीत एक्लो टिम बन्यो । नेपालले चार खेलमा दुईमा जित र दुई हार ब्यहोर्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey