जिम्बावे क्रिकेटका पदाधिकारी २० बर्षका लागि निलम्बित

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-१३
  • |
  • 155 पटक हेरिएको

चैत १३ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् आईसीसीले जिम्बावे क्रिकेटका एक पदाधिकारीलाई २० बर्षको निलम्बन गरेको छ ।

उनलाई क्रिकेट सम्बन्धी कुनै पनि गतिविधिमा संलग्न हुन नपाउने गरी सो अवधीको कारवाही गरिएको हो । जिम्बावेको हरारे मेट्रोपोलिटेन क्रिकेट संघका कोषाध्यक्ष तथा निर्देशक राजन नायरमाथि आईसीसीले सो कारवाही गरेको हो । गत अक्टोबरमा कप्तान ग्रिम क्रिमरलाई म्याचफिक्सिङ गर्नका लागि ३० हजार अमेरिकी डलरको प्रस्ताब गरेको पुष्टि भएपछि उनमाथि कारवाही गरिएको हो ।

घटनापछि तत्काल कप्तान क्रिमरले आईसीसीलाई यसको बारेमा जानकारी गराएपछि अनुसन्धान सुरु गरिएको थियो ।

नायरले पनि यसको स्वीकार गरेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey