महिला भलिबल टिमले थाइल्याण्डसँग कम्तिमा ६ वटा खेल खेल्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०७
  • |
  • 610 पटक हेरिएको

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिताको अघि नेपालले थाइल्याण्डसँग अभ्यास खेल खेल्ने तयारी गरेको छ ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगिता आउँदो कार्तिकमा बंगलादेशमा हुँदैछ । त्यसअघि नेपाली महिला टोलीलाई अभ्यासका लागि थाइल्याण्ड पठाउने तयारी गरिरहेको प्रशिक्षक जगदिश भट्टले जानकारी दिए ।

तयारी भ्रमणका लागि राष्ट्रिय खेलकुद परिषद्सँग समन्वय भइरहेको पनि प्रशिक्षक भट्टले बताए । सबै पेपरकाे काम सकिएकाे र परिषदले बजेट निकासा गरेमा थाइल्याण्डकाे महिला टोलीसँग नेपालले कम्तिमा ६ वटा म्याच खेल्ने बताइएको छ ।

एसियन सेन्ट्रल जोन महिला भलिबल प्रतियोगितामा नेपालसहित बंगलादेश, माल्दिभ्स, तुर्किमिनिस्तान, किर्गिस्तान, अफगानिस्तानले तय भइसकेको छ । यो प्रतियोगितालाई नेपालले मंसिरमा आयोजना हुने १३ औं दक्षिण एसियाली खेलकुदको तयारीका रुपमा पनि लिइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey