एन्फा निर्वाचन स्थगित, एएफसीका प्रतिनिधी मंगलबार आउँदै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 762 पटक हेरिएको

अखिल नेपाल फुटबल संघको बुधबारका लागि तय भएको निर्वाचन स्थगित भएको छ।

निर्वाचन समितिले निर्वाचनको २ दिन अगाडी आइतबार सूचना टाँगेर एन्फाको निर्वाचन स्थगित भएको जनाएको छ।

बिहीबार ललितपुर उच्च अदालतले एन्फा निर्वाचन तत्कालका लागि रोक्न दिएको आदेशको सम्मान गर्दै अर्को सूचना नभएसम्मका लागि निर्वाचन स्थगित भएको हो ।

भक्तपुर र मकवानपुर जिल्ला फुटबल संघले दायर गरेको रिटमा चैत १४ लाई तय भएको एन्फाको निर्वाचन तत्काल रोक्न उच्च अदालतका न्यायाधीश राजकुमार वनको इजलासले आदेश दिएका थिए ।

आफूहरुको निर्वाचनमा सहभागि हुने अधिकार छिन्न खोजेको भन्दै हालेको रिटमा  न्यायाधीश वनको इजलासले  अन्तरिम आदेश दिएको थियो ।

हालको गतिरोध अन्त्यका लागि एसियाली फुटबल महासंघ एएफसीका प्रतिनिधि मंगलबार नेपाल आउदैछन । अदालतले निर्वाचन रोक्न भनेपछि अन्तर्राष्ट्रिय फुटबल महासंघले तोकिएको मितिमा निर्वाचन नगरे एन्फालाई नै गार्हो हुने भन्दै पत्र पठाएको छ।

एन्फा निर्वाचनमा वरिष्ठ उपाध्यक्ष मणी कुँवर र पूर्व उपाध्यक्ष कर्माछिरिङ शेर्पा पक्षबीच प्रतिस्पर्धा हुँदैछ। कुँवरलाई एन्फा अध्यक्ष नरेन्द्रलाल श्रेष्ठ र पूर्व अध्यक्ष गणेश थापाको समर्थन छ। शेर्पाको पक्षमा ३ उपाध्यक्षसहित पूर्व सिइओ इन्द्रमान तुलाधर लगायतको साथ छ

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey