नेपाललाई हारबाट बचाएका मनिश भन्छन- नेपालले धेरै माैकाकाे सदुपयाेग गर्न सकेन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०६-०३
  • |
  • 315 पटक हेरिएको

नेपाली यू–१८ टिमका स्ट्राइकर मनिष डाँगीले नेपाली टिमले राम्रो खेलेको बताएका छन् । माल्दिभ्सविरुद्ध एक एक गोलको बराबरीमा रोकिए पछि स्ट्राइकर मनिषले पहिलो हाफमा गोल खाएपछि आफूहरु दबाबमा आएको बताए ।

उनले दोस्रो हाफमा लगातार अट्याकिङ फुटबल खेल्दा गोल निस्किएको र नतिजा बराबरीमा आएको बताए । कोरियाबाट हालै यही प्रतियोगिताका लागि नेपाल आएका डाँगीले नेपालमा अझै फुटबल खेल्ने योजना रहेको बताए । खेलपछि नेप्लेजसँग कुरा गर्दै डाँगीले यसअघि सी डिभिजन लिग खेलेको र त्यसमा गरेको प्रदर्शनका आधारमा प्रशिक्षकले बोलाए पछि नेपाल आएको बताए ।

शुरुमा तालमेल हुन कठिन भएपनि अहिले आफूले सहज महशुस गरेको पनि अनुभव सुनाए । बाबु आमा व्यापारको सिलसिलामा कोरिया रहेकाले आफू पनि उतै बसेको र त्यहाँको एकेडेमीमा खेलेको सिप केही काम लागेको पनि बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey