किन रोनाल्डोले शिक्षकमाथि कुर्सी प्रहार गरे ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-११
  • |
  • 213 पटक हेरिएको

चैत ११ । फुटबल स्टार क्रिष्टियानो रोनाल्डो फुटबल प्रेमीका माझमा चर्चित ब्यक्तित्व हो । तर औपचारिक शिक्षामा उनी निकै पछि रहे ।

फुटबललाई जिवनको पहिलो प्राथमिकतामा राखेका रोनाल्डोले हाइ स्कुल (उच्च माध्यामिक) समेत पास गरेका छैनन् । विद्यालयमा साथीहरुमाझ रोनाल्डो निकै चर्चित थिए । तर शिक्षकहरुको नजरमा रोनाल्डो सँधै अनुशासनहीन विद्यार्थीका रुपमा रहे ।

१३ बर्षको उमेरमा रोनाल्डोलाई विद्यालयबाट निष्कासन गरिएको थियो । शिक्षकमाथि कुर्सी प्रहार गरेका कारण उनलाई ‘रस्टिकेट’ गरिएको थियो ।

शिक्षकले उनको परिवारको आर्थिक स्थितीलाई लिएर अपमान गरेपछि रोनाल्डोले शिक्षकमाथि कुर्सी बजारेका थिए ।

१४ बर्षका उमेरमा आफुमा फुटबलको क्षमता भएको बुझेपछि रोनाल्डोले आमालाई विद्यालय शिक्षा छोडेर फुटबलमा लाग्नका लागि मनाएका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey