राष्ट्रिय ‘टग अफ वार’ मंगलबार

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-३०
  • |
  • 335 पटक हेरिएको

काठमाडौं, ३० भदौ । प्रथम राष्ट्रिय ‘टग अफ वार’ प्रतियोगिता मंगलबार हुने भएको छ ।

कीर्तिपुरमा ल्याबोरोटरी स्कूलमा हुने प्रतियोगितामा ७ प्रदेश र तीन विभागीय गरि महिलाका १० र पुरुषका १० टिमको सहभागिता रहने छ ।

राष्ट्रिय प्रतियोगिताका लागि जिल्ला तथा प्रदेशमा छनोट खेलहरु भएका थिए । प्रत्येक टिममा ८–८ जना खेलाडी रहने र लिगकम नकआउटका आधारमा एक दिने प्रतियोगिता हुन लागेको नेपाल डोरी तान संघका अध्यक्ष भवानी पौडेलले जानकारी दिए ।

२०६४ सालमा राष्ट्रिय खेलकुद परिषद् राखेपमा दर्ता भएको टग अफ वार (नेपाल डोरी तान संघ) पछिल्लो एक वर्षदेखि चलायमान भएको छ ।

उसले अन्तर्राष्ट्रिय प्रतियोगिताको रुपमा इन्डो नेपाल टग अफ वार प्रतियोगिता र थाईल्याण्डमा जारी १४ औं एशियन इन्डोर टग अफ वार प्रतियोगितामा सहभागिता जनाएको छ ।

प्रतियोगिताका लागि १५ लाख खर्च लाग्ने पनि सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey