डीपीएलमा कुन देशका विदेशी खेलाडी खेल्दैछन् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०९
  • |
  • 185 पटक हेरिएको

चैत्र ९ । धनगढी प्रिमियर लिगको दोस्रो सस्करणमा सहभागि ६ टिमले टिममा विदेशी खेलाडी अनुबन्ध गर्नेक्रम अन्तिम चरणमा पुर्याएका छन ।

अन्तराष्ट्रिय क्रिकेट काउन्सिल आइसीसीको मान्यता पाएसँगै टिमहरुले एकपछि अर्को रुपमा विदेशी खेलाडी भित्र्याउन सुरु गरेका छन ।

यसपटकको डीपीएलमा विदेशी खेलाडीहरु भारत, पाकिस्तान, श्रीलंका, ओमान, हङकङ लगायतका देशबाट आउने भएका छन ।

डिपिएलमा पहिलो पटक विदेशी खेलाडी अनुबन्ध गर्ने प्रक्रिया अनिवार्य गरेकोमा साविक विजेता टिम चौराहा धनगढीले हङकङ र पाकिस्तानबाट खेलाडी ल्याउने भएको छ ।

यस्तै कप्तान पारस खड्काको नेतृत्वमा रहेको विराटनगर किंग्सले हङकङबाट नै खेलाडी ल्याउने भएको छ । जसमा इपिएलमा विराटनगरबाट नै खेलेका बाबर हायात आउने पक्का भइसकेको छ भने अर्को खेलाडीसँग कुरा भइरहेको बताइएको छ ।

डिपीएलको खेलतालिका

 

भेट्रान स्पिनर शक्ति गौचनको टिम रुपेन्देही च्यालेन्जर्सले ओमानबाट सुफायन मोहम्मदलाई भित्र्याउने भएको छ भने अर्को खेलाडी भारतका दीपक प्रसादलाई ल्याउने तयारीमा छ ।

विनोद भण्डारीको टिम महेन्द्रनगर युनाइटेडले भारत र पाकिस्तानबाट खेलाडी ल्याउने तयारी गरेको छ। टिमका अनुसार दुवै खेलाडी अलराउण्डर हुनेछन ।

यता ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौं गोंल्डन्सले दुवै खेलाडी भारतबाट ल्याउनेछ । बुझिए अनुसार यसअघि इपिएलमा खेलेका कोल्सावाला र अर्का खेलाडीलाई नै टिममा राख्नेछ ।

सीवाईसी अत्तरियाले पनि दुवै खेलाडी भारतबाट ल्याउने भएको छ।

चैत्र १७ गतेदेखि हुने प्रतियोगिताको विजेताले २५ लाख तथा उपविजेताले १० लाख पुरस्कार पाउनेछन्। यसअघि प्रतियोगिताको खेलतालिका पनि सार्वजनिक भइसकेको छ। उद्घाटन खेलमा टीम चौराह धनगढी र काठमाडौं गोल्डन्स आमने सामने हुँदैछन्।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey