साइपाल र जेभियर फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१८
  • |
  • 219 पटक हेरिएको

साइपाल एकेडेमी र जेभियर इन्टरनेसनल कलेज नवौं बर्नहार्ट कप अन्तरकलेज बास्केटबल प्रतियोगिताको गल्र्समा बुधबार फाइनलमा प्रवेश गरेका छन् ।
साइपालले मोर्गनलाई ४८–१७ ले पराजित गर्‍यो ।

साइपालको जितमा अस्मिता थापाले १४ अंक योगदान गरिन् । श्रेया महर्जनको १२ अंक सहयोगमा जेभियरले आयोजक काठमाडौं बर्नहार्ट कलेजलाई २७–१५ ले हरायो ।
ब्वाइजमा ट्रिनिटी र सीसीआरसीले उपाधि भिडन्त पक्का गरे । ट्रिनिटीले न्यु जेनिथको चुनौती ६५–५८ ले समाप्त पार्‍यो । ट्रिनिटीका किरण कँडेलले ३८ स्कोर गरे । सीसीआरसीले गोल्डेनगेटमाथि ४२–३८ को जित दर्ता  ग¥यो । सीसीआरसीका सिजन महतले १४ अंक जोडे । फाइनल बिहीबार हुने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey