डब्ल्यू डब्ल्यू ई मा सबैभन्दा बढी तौल भएका पाँच रेस्लर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१७
  • |
  • 442 पटक हेरिएको

डब्ल्यू डब्ल्यू ई को इतिहासमा धेरै थरिका रेस्लरहरु छन् । डब्ल्यू डब्ल्यू ई यिनै विभिन्न विशेषता रेस्लरहरुको कारणले नै निकै रोमाञ्चक हुने गर्दछ ।

डब्ल्यू डब्ल्यू ई मा अग्लो र सानो शारिरक बनावट भएका रेस्लरहरुका साथै हेर्दा नै अनौठो लाग्दो तौल भएका रेस्लरहरु पनि रहेका छन् । जस्को शारिरीक बनावट र प्रस्तुति देख्दा सबै अचम्मित हुने गर्दछन् ।

१. योकोजुना ( २८१ किलोग्राम )
डब्ल्यू डब्ल्यू ई को इतिहासमा सबैभन्दा बढि तौल भएका रेस्लर हुन् योकोजुना हुन् । उनले डब्ल्यू डब्ल्यू ई को करियरमा थुप्रै साना ठूला उपलब्धि हासिल गरेका छन् । उनले डब्ल्यू डब्ल्यू ई को रोयल रम्बलसमेत जितेका छन् ।
उनले रेस्लिङका धेरै चर्चित रेस्लरहरुलाई हराएक छन् । उनले २००० मा रेस्लिङ बाट सन्यास लिएका थिए र उनको मृत्यु त्यसको केही समयपछि भएको थियो ।

२. आन्द्रे द जियन्ट ( २३५ किलोग्राम )आन्द्रे द जियन्ट रेस्लिङमा निकै डरलाग्दो शारिरक बनावट भएका रेस्लर हुन् । उनले डब्ल्यू डब्ल्यू ई मा धेरै भन्दा धेरै खेलहरु खेलेका छन् ।
रेस्लिङको कम उमेरमा मृत्यु हुने रेस्लरको सूचीमा उनलाई पनि राखिएको छ । उनको प्रर्दशन निकै रोमाञ्चक हुने हुँदा उनको खेल हुने समयमा रेस्लिङको रिङ प्राय भरिएको हुन्थ्यो । उनको मृत्यु ४६ वर्षको उमेरमा १९९३ मा मुटुको रोगका कारण भएको थियो ।

३. बिग ड्याडी भि ( २२० किलोग्राम )
बिग ड्याडी भीलाई सबैले उसको शारिरीक बनावटलाई लिएर सम्झिने गर्दछन् । उनले १९९४ देखि रेस्लिङ बाट सन्यास लिएका थिए । उनले किङ अफ दि रिङको उपाधि जितेपछि रेस्लिङबाट सन्यास लिने घोषणा गरेका थिए ।

४. बिग सो ( २१९ किलोग्राम )
बिग सो डब्ल्यू डब्ल्यू ई को रअ र स्म्याक डाउनमा समेत चर्चा बटुलेका रेस्लर हुन् । उनी अहिले पनि बेला बेलामा डब्ल्यू डब्ल्यू ई मा देखिने गर्दछन् ।
बिग शाे र ब्रक लेस्नर बीच भएको एक खेलमा भारि वजनका कारण रिङ भत्किएको थियो । उनको ५० भन्दा बढि खेलहरु डब्ल्यू डब्ल्यू ई मा निकै चर्चित रहेका छन् ।

५. रिकिसी ( १९२ किलोग्राम )


रिकीसी डब्ल्यू डब्ल्यू ई मा कम उपाधि जितेका रेस्लरहरुमध्ये एक हुन् । उनले रेस्लिङ करियरमा थोरै मात्र उपाधिहरु जितेका छन् । सबैले मन पराउने रिकीसीको मुबहरु र उनको रिङभित्र नाच्ने कलाले सबै दर्शकलाई अकर्षित गर्ने गर्दथ्यो । उनको कला र मुबहरुलाई आत्मसात गर्दै अहिले उनका दुई छोराहरु दि उसोज डब्ल्यू डब्ल्यू ई मा ट्याग टिम पार्टनर रहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey