सातदाेबाटाेकाे पाैडी पाेखरीकाे नयाँ स्वरुप (भिडियाेमा)

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१४
  • |
  • 273 पटक हेरिएको

दक्षिण एसियाली खेलकुद सागको तयारीका लागि आफ्नो पुल नहुँदा निजी पौडी पोखरीमा प्रशिक्षण गरिरहेको पौडी खेलाडीका लागि राहत भएको छ ।

सातदोबाटो स्थित अन्तर्राष्ट्रिय पौडी पोखरीलाई पुर्ननिर्माण गरेपछि चिनीया टेक्निकल कमिटी र नेपाली प्राविधिक टोलीको अन्तिम निरिक्षणपछि प्रशिक्षणका लागि खुल्ला गरिएको छ । यसले पौडी खेलाडीका लागि ठुलो राहत भएको छ । अत्याधुनिक र नयाँ स्वरुप पाएको पौडी पोखरीलाई चिनीया टोलीले नयाँ स्वरुप दिएको छ ।

यसअघि विग्रिएका स्कोरबोर्ड, साउण्ड सिस्टम, सेन्सर टच का साथै खेलाडीले हामफाल्ने स्ट्याण्डपनि नयाँ बनाइएको छ । यसका साथै पोखरीको बेसलाई पनि नयाँ बनाइएको छ ।

पौडी पोखरीको ढोकाको चुकुल देखि सम्पुर्ण बस्तुहरु फेरेर नयाँ राखेको छ । यतिसम्मकी पौडी पोखरीमा आरामदायी सिटहरु राखिएको छ । पोखरी सम्पन्न भएपछि त्यहाँ तीन लाख लिटर पानी हालिएको छ । त्यो पानीलाई सुद्ध गराउने काम भइरहेको छ । चिनीया कम्पनीले पोखरीको पिधमा जम्मा हुने फोहोर सफा गर्नका लागि भ्याक्यूम पनि जडान गरेको छ ।

हेराै पाैडी पाेखरीकाे परिवर्तित नयाँ रुप

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey