पूर्व खेलकूदमन्त्री गणेश तिवारी नेपालीको निधन

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०५-१४
  • |
  • 150 पटक हेरिएको

पूर्व युवा तथा खेलकूदमन्त्री गणेश तिवारी नेपालीको निधन भएको छ । महोत्तरीकाे जलेश्वर नगरपालिका–२ स्थित आफ्नै घरमा शुक्रबार ७६ वर्षको उमेरमा निधन भएको उनका छोरा बजरंग नेपालीले बताए।

विसं २०६४ को संविधानसभा निर्वाचनमा तत्कालीन तराई मेधश लोकतान्त्रिक पार्टीबाट महोत्तरीको क्षेत्र नम्बर ३ बाट प्रत्यक्ष निर्वाचित भएर उनी तत्कालीन प्रधानमन्त्री माधव नेपालको नेतृत्वको सरकारमा युवा तथा खेलकूदमन्त्री रहेका थिए ।

उनले विसं २०५२ मा काङ्ग्रेस छाडेर एमाले र २०६४ सालमा तमलोपा प्रवेश गरे । सोही बेला उनी चुनाव जितेर मन्त्री बनेका हुन् । अहिले उनी नेपाली राष्ट्रिय जनता पार्टी नेपालमा आबद्ध रहनुभएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey