यमनसँगको खेलका लागि नेपाली फुटबल टोलीको घोषणा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०६
  • |
  • 154 पटक हेरिएको

चैत ६, काठमाडौं । एएफसी एशियन कप छनोट अन्तर्गत यमनसँगको दोस्रो लेगका लागि २० सदस्यीय नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा गरिएको छ ।

सोलिडारिटी कपको विजेताको हैसियदले तेस्रो चरणको छनोटमा प्रवेश पाएको नेपालले समूह एफमा यसअघिका पाँच खेलमा जित हासिल गर्न नसकेपछि एशिया कपमा छनोट हुने सम्भावना सकिसकेको छ ।

तर, यमनका लागि भने यो खेल निक्कै महत्वपूर्ण छ । समूहको ५ खेलबाट यमनको ७ अंक छ । त्यस्तै ताजिकिस्तानको पनि समान ७ अंक नै छ । यमनले नेपालसँग खेल्दा ताजिकिस्तानले फिलिपिन्ससँग खेल्नेछ । फिलिपिन्स ९ अंकसहित समूहको शीर्ष स्थानमा छ ।

नेपाल र यमनने समूह चरणको पहिलो लेगमा हलचोकस्थित एपीएफको मैदानमा गोलरहित बरारी खेलेका थिए । नेपालले समूह चरणको यसअघिका पाँच खेलमा एक खेलमा पनि जित हासिल गर्न सकेन । ताजिकिस्तानसँग दुवै खेल हारेको नेपालले फिलिपिन्ससँग एक हार र एक बराबरीको नतिजा निकालेको थियो । समूहका शीर्ष दुई टोलीले सन् २०१९ मा हुने एशियन कपमा सहभागिता जनाउनेछ ।

नेपाल र यमनबीचको खेल अर्को साताको मंगलबार कतारको दोहामा हुनेछ ।

नेपालका मूख्य प्रशिक्षक ग्योतोकी कोजुले मंगलबार सार्वजनिक गरेको नेपाली टोलीमा

गोलरक्षकः किरण चेम्जोङ, बिकेश कुथु र एलन न्यौपाने

डिफेण्डरः विराज महर्जन, रजिन धिमाल, अनन्त तामाङ, दिनेश राजवंशी, आदित्य चौधरी र देवेन्द्र तामाङ

मिडफिल्डरः रोहित चन्द, बिशाल राई, सुजल श्रेष्ठ, अञ्जन विष्ट, सुनिल वल, हेमन्त गुरुङ र हेमन्त थापामगर ।

स्ट्राइकरः बिमल घर्तीमगर, नवयुग श्रेष्ठ, जर्ज प्रिन्स कार्की र सुमन लामा

यसअघिको खेलमा दुई पहेलो कार्डका कारण अनुभवी स्ट्राइकर भरत खवास एक खेलको प्रतिबन्धमा छन् । त्यसैले उनी टिममा परेनन् ।


 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey