टोकियो पारा ओलम्पिकका लागि नेपालबाट पारा तेक्वान्दोकी परिसा गोवर्धन छनौट

Kelmi

  • नेप्लेज
  • |
  • २०७८-०३-०२
  • |
  • 767 पटक हेरिएको

हाइलाइट्स

जापानमा आयोजना हुने ओलम्पिक खेलमा सहभागी हुन तेक्वान्दो खेलाडीहरूले छनौट प्रतियोगिताबाट चयन हुनुपर्ने र एशियाली क्षेत्रको छनौट प्रतियोगिता मित्रराष्ट्र जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सम्पन्न भएको थियो जसमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघले ६ जना पठाउने तयारी गरेको थियो ।

आसन्न टोकियो पारा ओलम्पिकका लागि नेपालबाट पारा तेक्वान्दोमा परिसा गोवर्धन छनौट भएकी छिन ।

पारा तेक्वान्दोमा अन्तराष्ट्रिय स्तरमा पनि राम्रो बरियतामा रहेकी उनी टोकियो पारा ओलम्पिकका लागि छनौट भएको नेपाल तेक्वान्दो संघले जनाएको छ ।

टोकियो पारा ओलम्पिकमा उनले के ४४ विधामा ५८ केजी मुनीको तौल समुहममा प्रतिस्पर्धा गर्नेछिन । 

नेपाली राष्ट्रिय पारा तेक्वान्दोका खेलाडी पलेशा पहिलो पटक मुलुकको प्रतिनिधित्वको लागि वाइल्डकार्ड प्राप्त गरी पाराल्यम्पिक खेल खेल्ने निश्चित भएको हाे । 

जापानमा आयोजना हुने ओलम्पिक खेलमा सहभागी हुन तेक्वान्दो खेलाडीहरूले छनौट प्रतियोगिताबाट चयन हुनुपर्ने र एशियाली क्षेत्रको छनौट प्रतियोगिता मित्रराष्ट्र जोर्डनको अम्मान शहरमा गत २०७८ जेष्ठ ७ गते देखि २३ गते सम्पन्न भएको थियो जसमा नेपालको तर्फबाट नेपाल तेक्वान्दो संघले ६ जना पठाउने तयारी गरेको थियो ।

तर, देशमा हाल कोभिडको दोस्रो लहरको महामारीका कारणले निषेधाज्ञाका कारणले सबै अन्तर्राष्ट्रिय हवाई सेवा अबरूद्ध हुनकासाथै आयोजक राष्ट्रले नेपालका खेलाडीहरूलाई सहभागिताकालागि तेस्रो मुलुकमा दुई हप्ताको आईसोलेशनमा बसेको हुनुपर्ने नियम लागुगरेबाट नेपाली तेक्वान्दो खेलाडीहरु छनौट प्रतियोगितामा सहभागी हुन पाएका थिएन । यस सम्बन्धमा नेपाल तेक्वान्दो संघले वाइल्डकार्डको लागि नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धन (के.४४, ५८ के.जी) र रञ्जना धामी (के.४४, ४९ के.जी) को लागि विश्व तेक्वान्दो महासंघसंग लगातार प्रयास गरेको थियो र राष्ट्रिय पारा ओलम्पिक कमिटिबाटसमेत आवश्यक समन्वय गरेको थियो ।

पलेशा गोबर्धन विश्व तेक्वान्दो महासंघको १३ औ स्थानकोश्रेणीकरण (र्यंकिङ्ग) मा रहेको र विश्व तेक्वान्दो महासंघ एवं अन्तराष्ट्रिय पाराल्यम्पिक कमिटिबाट नेपाललाई १ ओटा मात्रै दिने व्यवस्था भएकोले नेपली पारा राष्ट्रिय खेलाडी पलेशा गोबर्धनले के.४४, ५८ के.जी मुनि तौल समुहमा वाईल्डकार्ड प्राप्त गर्न सफल भएकी हुन । नेपाली राष्ट्रिय पारा तेक्वान्दो खेलाडी पलेशा गोबर्धनले नेपाल तेक्वान्दो संघ अन्तर्गत रहेको पारा राष्ट्रिय टिममा २०७२ साल देखि नियमित तालिम तथा प्रशिक्षण लिई रहेका थिए । उनि पहिलो पटक तेश्रो एशियन अन्तगराष्ट्रिय पारा तेक्वान्दो ओपन प्रतियोगिता
२०१७ दक्षिण कोरियमा भएको खेलमा के४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा राम्रौ प्रदर्शनलेगर्दा ५ औस्थान प्राप्त गर्न सफल भएको थिए ।

सोही वर्ष गोबर्धनले लण्डन ७ औं विश्व पारा तेक्वान्दो प्रतियोगिता २०१७ लण्डन युकेमा के.४४, ५८ केजी मुनि तौल समुहमा प्रतिस्पर्धा गर्दा ५ औ स्थानमा नैप्राप्त गर्न सफल भएको थिए । चौथो एशियन पारा तेक्वान्दोओपन प्रतियोगिता होचिमिन्ह, भियतनाम २०१८ मा भएको खेलमा पहिलो पकट पलेशाले के.४४, ५८ केजी माथि तेश्रो स्थान प्राप्त गर्न सफल भई मुलुकलाई कास्य पदक दिलाएको थिए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey