विश्वकप छनोटमा नेपालको प्रदर्शन ‘सी ग्रेड’– आईसीसी

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०४
  • |
  • 158 पटक हेरिएको

चैत ४ । जिम्बावेमा भएको एकदिवशीय विश्वकप छनोटमा नेपाल आठौं स्थानमा रह्यो । प्रतियोगिताको ६ मध्ये २ खेल जितेर एकदिवशीय मान्यता पाएको नेपालको प्रदर्शन सी ग्रेडको भएको आईसीसीको रिपोर्टमा उल्लेख गरिएको छ ।

आइतबार आईसीसीले वेवसाइटमार्फत नेपालको प्रदर्शनको समग्र मूल्यांकन रिपोर्ट सार्वजनिक गरेको हो ।

सन् २०१९ मा इंग्ल्याण्डमा हुने आईसीसी एकदिवशीय विश्वकपको छनोट चरणमा नेपालले समूहमा लगातार तीन खेलमा पराजय ब्यहोरेपछि सुपर सिक्समा स्थान बनाउन असफल भएको थियो । नेपालले जिम्बावेसँग ११६ रन, स्कटल्याण्डसँग ४ विकेट र अफगानिस्तानसँग ६ विकेटको पराजय ब्यहोरेको थियो ।

तर, समूहको अन्तिम खेलमा हङकङलाई ५ विकेटले पराजित गरेपछि एकदिवशीय मान्यताका लागि भएको क्रस प्लेअफमा नेपालले पपुवा न्यूगिनीबिरुद्ध ६ विकेटको जित दर्ता गरायो । त्यही जितले नेपालले कम्तिमा सन् २०२२ सम्मका लागि अन्तर्राष्ट्रिय एकदिवशीय मान्यता पाउने निश्चित भएको थियो । सातौं स्थानका लागि शनिबार भएको प्लेअफमा नेपाल नेदरल्याण्ड्ससँग ४५ रनले पराजित भएको थियो ।

आईसीसीको समग्र रिपोर्टमा भनिएको छ,

यदि कुनै टिमले ६ मध्ये २ खेलमात्र जितेर पनि ठूलो सफलता हासिल गरेको छ भने त्यो नेपाल हो । आईसीसी विश्वकप छनोटयात्रा पनि उसको नाटकीय नै थियो, सन् २०२२सम्मका लागि एकदिवशीय मान्यता हासिल गरेर उसले अझै राम्रो सफलता हासिल गरेको छ ।

समूह चरणमा लगातार तीन हारले नेपालको सुपर सिक्समा स्थान बनाउने सम्भावना सकिएको थियो । तर, समूहको अन्तिम खेलमा हङकङलाई हराउनु र त्यसपछि पपुवा न्यूगिनीलाई हराएपछि उनीहरुको लक्ष्य पूरा भइसकेको थियो, भलै उनीहरु नेदरल्याण्ड्ससँग पराजित भए ।

१७ वर्षीय नेपाली लेग स्पिनर सन्दिप लामिछानेको उपस्थिति नेपालका लागि सबैभन्दा सकारात्मक पाटो हो । प्रतियोगिताको ६ खेलमा सन्दिपले १३ विकेट लिए । नेपालले हासिल गरेको दुई जितमा उनकै प्रदर्शन अहम् थियो । सन्दिपले हङकङबिरुद्ध १७ रन दिएर ३ विकेट र पीएनजीबिरुद्ध २९ रन दिएर ४ विकेट लिएका थिए ।

सन्दिप बाहेक नेपालका अन्य बलरहरुले आफूलाई प्रमाणित गर्न सकेनन् । सन्दिपले बलिङबाट र कप्तान पारस खड्काले ब्याटिङबाट नेपालको प्रदर्शन धानेका थिए, अन्यको नियमित र उल्लेखनीय प्रदर्शन देखिएन ।

प्रतियोगिताको उद्घाटन खेलमा जिम्बावेले ६ विकेटको क्षतिमा ३८० रन बनाएपछि ११६ रनको हार ब्यहोर्नुपरेको थियो । र, स्कटल्याण्ड तथा अफगानिस्तानबिरुद्ध पनि नेपाली ब्याट्सम्यानहरुले सम्मानित योगफल बनाउन सकेनन् ।

रनको फ्लो बढाउन तथा सुरुआती चुनौतिको सामना गर्न नेपाली ब्याट्सम्यानहरु असमर्थ रहे । जस्ते, कप्तान पारस खड्का, जसले यस प्रतियोगितामा २३१ रन बनाए, उनी बाकेह दिपेन्द्र सिंह ऐरीले पनि बेलाबखत राम्रो खेले, उनीहरुबाहेट अन्य नेपाली ब्याट्सम्यान उल्लेखनीय प्रदर्शन गर्न असफल रहे ।

राइजिङ स्टार

नेपालका लागि सर्बाधिक विकेट लिएका सन्दिप लामिछाने प्रतियोगिताकै एक प्रतिभाशाली खेलाडी हुन् । ६ खेलमा ४.१० को इकोनोमी रेटमा उनले १३ विकेट लिए । उनी भर्खर १७ वर्षका छन् र जहाँ खेलेका छन् त्यहाँ प्रशंशामात्र पाएका छन् । नेपाल भर्खरै क्रिकेटको सबैभन्दा ठूलो चरणमा पुगेको छ ।

उनी र अनुभवी कप्तान पारस खड्काले काँधमा काँध मिलाएर नेपाली क्रिकेटलाई अघि बढाउनेछन् । उच्च प्रतिभाशाली युवा क्रिकेटरको अहिलेको प्रदर्शनले यही संकेत गर्छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey