आइटिएफका प्रशिक्षकलाई डान पदोन्नतीको अवसर

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-२७
  • |
  • 237 पटक हेरिएको

काठमाडौं, साउन २७– नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआइटिएफ)ले २२औं वार्षिकोत्सवको अवसरमा आफ्ना १९ प्रशिक्षक तथा खेलाडीलाई विभिन्न श्रेणीको अन्तर्राष्ट्रिय डानमा पदोन्नती हुने अवसर प्रदान गरेको छ ।

आइटिएफले एकहप्ते वार्षिक उत्सव मनाउने क्रममा विभिन्न खेलाडी सम्मानसँगै पहिलोदेखि पाँचौं डानमा खेलाडीलाई प्रमोशन हुने अवसर प्रदान गरेको हो ।

सोमबार लगनखेलस्थित नेपाल आर्मीको तालिम तथा प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा चौथो डानका १३ खेलाडी र पाँचौं डानमा ६ खेलाडीको ग्रेडिङ परीक्षा लिएको थियो ।उनीहरूलाई अन्तर्राष्ट्रिय ग्रान्डमास्टर(९औं डान प्राप्त) कोरियाली जो चोल होले चौथो र पाँचौंको ग्रेडिङ लिएको नेपाल अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघ(एनआइटिएफ)का अध्यक्ष अञ्जन धमलाले जानकारी दिए ।
बेल्ट पदोन्नतीका खेलाडी १९ खेलाडी करिब एक महिनादेखि प्रशिक्षण गरिरहेको आइटिएफले जनाएको छ । पाँचौं डानको परीक्षा दिनेमा महासंघका उपाध्यक्षसमेत रहेका प्रशिक्षक विजय श्रेष्ठ, कोषाध्यक्ष बासुदेव भट्ट, प्रशिक्षकहरू निर्मला गुरुङ, चतुरलाल चौधरी, राजेन्द्र धिमाल र नीरबहादुर सारु छन् ।

त्यसैगरी, हनक लिम्बु, रोशन आचार्य, बबिता राजथला, मानबहादुर घर्तिमगर, शर्मिला महत, रूपसिंह मोक्तान, कुमार थापा, रितमान कामु, आकाशचन्द्र घर्तिमगर, चन्द्रबहादुर तामाङ, लिलाधर बस्नेत, धर्मराज कडेंल र गजेन्द्र कुमार थापाले अन्तर्राष्ट्रिय चौथो डानको परीक्षा दिएका हुन् । चौथो डान प्राप्त गरेका प्रशिक्षकले अन्तर्राष्ट्रिय इन्स्ट्रक्टरको मान्यता पाउनेछन् ।

अन्तर्राष्ट्रिय चौथो डान पाएपछि मात्र अन्तर्राष्ट्रिय प्रशिक्षकको मान्यता पाइनेछ । एक हप्ते उत्सवमा महासंघले यसअघि वर्ष पुरुष र महिला खेलाडी, प्रशिक्षक, इन्स्ट्रक्टर र उत्कृष्ट जिल्लालाई सम्मान गरेको थियो । सशस्त्र प्रहरी बल (एपिएफ) का खेलाडी खत्री र गुल्मीकी सबिना श्रेष्ठलाई समान ३३ हजार रुपैयाँ नगद पुरस्कारसहित वर्ष खेलाडी २०७५ बाट सम्मानित भएका थिए । गत मंगलबारबाट सुरु भएको २२औं वार्षिकोत्सव समारोहअन्तर्गत महासंघले विभिन्न सामाजिक सेवासमेत गर्ने गरेको जनाएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey