च्याम्पियन्स लिगको क्वार्टर फाइनल ड्र सार्वजनिक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०२
  • |
  • 184 पटक हेरिएको

चैत २ । युरोपेली च्याम्पियन्स लिगको क्वार्टर फाइनल खेल तालिका सार्वजनिक भएको छ ।

शुक्रबार युरोपेली फुटबल महासंघ युइएफएले सार्वजनिक गरेको खेल तालिका अनुसार दुई इंग्लिस क्लब म्यान्चेष्टर सिटी र लिभरपुल क्वार्टरफाइनलमै भिड्ने पक्का भएको छ ।

डिफेन्डिङ च्याम्पियन रियल मड्रिडले इटालियन क्लब युभेन्टससँग खेल्नेछ । अघिल्लो संस्करणमा यी दुई टिम फाइनलमा भिडेका थिए । जुन खेलमा रियल मड्रिड विजयी हुँदै १२ औं उपाधि जितेको थियो ।

अर्को स्पेनिस क्लब बार्सिलोनाले तुलनात्मक रुपमा सहज प्रतिद्वन्द्वी पाएको छ । कटलन जायन्टले क्वार्टर फाइनलमा इटालियन क्लब रोमाको सामना गर्नेछ । यस्तै जर्मन क्लब बायर्न म्युनिकले स्पेनिस क्लब सेभियासँग खेल्नेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey