सदस्यसचिवको योग्यताः स्नातक उत्तिर्ण, १० वर्षको अनुभव

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-१८
  • |
  • 191 पटक हेरिएको

नेप्लेज, १८ साउन । राष्ट्रिय खेलकुद परिषदको सदस्य सचिव हुनका लागि ऐनमै योग्यता निर्धारण भएको छ । मन्त्रालयले दर्ता गरेको विधेयक राष्ट्रियसभाको विधायन समितिबाट संशोधनसहित पारित भएको छ ।

परिषदको सदस्य सचिव हुनका लागि स्नातक उत्तिर्ण हुनुपर्नेछ । खेलकुद क्षेत्रमा कम्तिमा १० वर्ष काम गरेको र ३५ वर्ष पूरा भएको व्यक्ति राखेप सदस्यसचिवका लागि योग्य हुनेछ ।

यसअघि प्रस्तावित बिधेयकमा खेलकुद क्षेत्रमा राष्ट्रिय पहिचान बनाएको व्यक्ति पनि सदस्य सचिव हुनुपर्ने उल्लेख थियो भने उमेरहद तोकिएको थिएन ।

तर, सदस्यसचिवको नियुक्ति प्रक्रिया राजनीतिक प्रभावबाट बाहिर नहुने ऐनमै उल्लेख गरिएको छ । खेलकुद क्षेत्रलाई राजनीतिबाट टाढा राख्नुपर्ने माग उठिरहेका बेला ऐनमै यस्तो व्यवस्था भएपछि सरोकारवालाले गुनासो गर्न थालेका छन् ।

योग्यता पूरा भएको व्यक्तिलाई सदस्यसचिवको नियुक्तिका लागि मन्त्रालयले सचिवको नेतृत्वमा ३ सदस्यीय समिति बनाउनेछ । त्यस समितिका बाँकी दुई विज्ञ सदस्य मन्त्रीले मनोनित गर्न सक्ने प्रावधान भएपछि राजनीतिक व्यक्तिको खेलकुदमा आगमनको क्रम रोकिने छैन ।

यस समितिले प्रस्ताव गरेका ३ जनामध्येबाट सरकारले कुनै एक जनालाई सदस्यसचिवको नियुक्ति गर्ने प्रावधानअनुसारको ऐन बन्न लागेको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey