कृष्णमाेहन ब्याडमिन्टनकाे पुरुष डबल्सकाे उपाधिका लागि अार्मी र पुलिस भिड्ने

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 388 पटक हेरिएको

चैत १, काठमाडौं । चौधौं कृष्णमोहन स्मृति ब्याडमिन्टन प्रतियोगिता अन्तर्गत पुरुष डबल्स तर्फको उपाधिका लागि त्रिभुवन आर्मी क्लब र एपीएफ भिड्ने भएका छन् ।

हलचोक स्थित सशस्त्र प्रहरी बलको कोर्टमा भएको सेमिफाइनलमा आर्मीका रत्नजीत तामाङ र नवीन श्रेष्ठको जोडीले एपीएफका सुदिप सेढाईं र साजनकृष्ण ताम्रकारको जोडीलाई २१–१६ र २१–१६ को सोझो सेटमा हरायो ।

अर्को सेमिफाइनलमा एपीएफका दिपेश धामी र विजित थापामगरको जोडी विजयी भयो । धामी र थापामगरको जोडीले नेपाल पुलिस क्लबका दिपक बोहरा र जीवन आचार्यको जोडीलाई २१–१८ र २१–१४ ले पराजित भयो ।

प्रतियोगिता अन्तर्गत मिक्स डबल्स तर्फको उपाधिका लागि एपीएफका पुजा श्रेष्ठ र दिपेश धामी तथा आर्मीका नङ्सल र रत्नजीत तामाङको जोडी भिड्नेछ । यस्तै पुरुष सिंगल्स तफको उपाधिका लागि आर्मीका रत्नजीत र एपीएफका दिपेश धामी आमने सामने हुनेछन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey