पूर्व फुटबलरहरुकाे ‘मिसन’ भेला काठमाडाैंमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१२-०१
  • |
  • 136 पटक हेरिएको

चैत १, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा रहेर योगदान दिएका पूर्व खेलाडीहरुले नयाँ पिँढीलाई आफुले पाएको अनुभव सांगठनिक रुपमा बाँढ्नका लागि फुटबलर्स मिसन टुगेदर गठन गर्ने भएका छन् ।

पूर्व राष्ट्रिय खेलाडी विष्णुगोपाल श्रेष्ठको सक्रियतामा बिहीबार काठमाडौंमा आयोजित प्रारम्भिक भेलामा सन् १९६४ देखि राष्ट्रिय टिमबाट खेलेका ५० भन्दा खेलाडीको सहभागित थियो । अखिल नेपाल फुटबल संघको सम्बन्धन लिएर यस मिसनले नेपाली फुटबलका नयाँ

पिँढीलाई आफ्नो अनुभव हस्तान्तरण गर्नुका साथै एन्फालाई खेल तथा खेलाडीको स्तरोन्नतीमा झकझकाउने काम पनि गर्नेछ ।
सँगसँगै दिवंगत खेलाडीले नेपाली फुटबलमा दिएको योगदानको पूर्न ताजकी गर्दै उनीहरुलाई अमर बनाउने उद्धेश्य रहेको आयोजक समितिका अध्यक्ष तथा पूर्व खेलाडी विष्णुगोपाल श्रेष्ठले बताए ।

‘नेपाली फुटबलका नयाँ जेनेरेसन पनि सँगै रहने हुँदा हामी आफुले पाएको अनुभव उनीहरुलाई प्रदान गर्दछौं ।’ अध्यक्ष श्रेष्ठले भने ।
बिहीबार आयोजित प्रारम्भिक कार्यक्रममा राष्ट्रिय टिमका पूर्व कप्तानहरु अच्युतकृष्ण खरेल, विज्ञानराज शर्मा, हरि खड्का, उपेन्द्रमान सिंह लगायतको सहभागिता थियो ।

आउँदो बैशाखमा संस्था औपचारिक रुपमा गठन हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey