मार्सल आट्र्स हाप्किडो सङ्घको ५ नम्बर प्रदेशस्तरीय सेमिनार घोराहीमा सम्पन्न

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०४-११
  • |
  • 224 पटक हेरिएको

दाङ, १० साउन । मार्सल आट्र्स हाप्किडो सङ्घको प्रदेशस्तरीय सेमिनार दाङको घोराहीमा  सम्पन्न भएको छ ।
जिल्ला खेलकुद विकाससँगै खेलाडीहरूको उत्साहका लागि आयोजना गरिएको सेमिनारको एक दिन अघि उद्घाटन भएको थियो ।  उद्घाटन सभामा बोल्दै प्रमुख अतिथि  प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले  खेल क्षेत्रको विकासका लागि आफू लागि पर्ने बताए। राज्यले पनि खेलको विकास गर्ने विभिन्न कार्य गदै आएको भन्दै आफू पनि लागि परेको बताएका थिए ।

त्यस्तै कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गोविन्द्रप्रसाद रिजालले खेलले नागरिकलाई स्वस्थ रहन खेल क्षेत्रको महत्वपूर्ण भूमिका रहने बताए । बंगलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले सबैको सहयोगले खेलकुद क्षेत्रको विकास गर्न सकिने बताए ।

मार्सल आट्र्स हाप्किडो सङ्घका जिल्ला अध्यक्ष भुवन बुढामगरको अध्यक्षतामा भएको कार्यक्रममा मार्सल आट्र्स हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष नारायणप्रसाद पौडेल, जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष कैलाश रोका मगर, दाङ मार्सल आट्र्स हाप्किडो सङ्घका सल्लाहकार खगेश्वर घर्ती मगर, मार्सल आट्र्स हाप्किडो सङ्घका केन्द्रीय सदस्य हरिबहादुर सुनुवार लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सेमिनारमा  मार्सल आट्र्स हाप्किडो सङ्घका केन्द्रीय सदस्य सुवर्ण बिसीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण पत्रकार छवि पुरीले गरेका थिए।उक्त सेमिनारमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाङ जिल्ला सचिव तुलसीराम पुन,  लगायत खेलप्रेमी तथा दर्शकहरूको ठुलो सङ्ख्यामा उपस्तिथित थियो। प्रशिक्षण कार्यक्रम ८५ जना प्रशिक्षार्थी तथा खेलाडी, प्रशिक्षक गरी १ सय २५ जनाको सहभागिता रहेको थियो। २ दिनसम्म सञ्चालन भएको सेमिनारमा मुख्य प्रशिक्षक लानम लामाले  प्रशिक्षण दिएका थिए ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरू लक्ष्मण लामा, राजु तामाङ, सुदीप तामाङ, प्रवीण गुरुङ र मिरा पौडेलले पनि प्रशिक्षण दिएका थिए।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey