युनिभर्सिटी कप क्रिकेटको सेमिफाइनल समीकरण पूरा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-३०
  • |
  • 165 पटक हेरिएको

फागुन ३०, काठमाडौं । काठमाडौंमा जारी युनिभर्सिटी कप टि–२० क्रिकेट प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा भएको छ । बुधबार भएका तेस्रो र चौथो क्वार्टरफाइनलमा गोल्डेनगेट कलेज र डीएभी कलेजले जित हासिल गरेका छन् ।

सेमिफाइनल खेलहर बिहीबार हुनेछन् । पहिलो सेसमफाइनलमा टियू र कसमस कलेज तथा दोस्रो सेमिफाइनल गोल्डेनगेट र डीएभी कलेजबीच हुनेछ ।

बुधबार भएको खेलमा गोल्डेनगेटले जनता क्याम्पसलाई ६२ रनले पराजित गर्दा डीएभीले शंकरदेव क्याम्पसलाई ८ विकेटले हरायो ।

टियू क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले निर्धारित ओभरमा ५ विकेट गुमाउँदै १७१ रन बनायो । उसका लागि भुपेन्द्र थापाले ५७ रनको अर्धशतकीय पारी खेल्दा सञ्जय श्रेष्ठ र रवि कुमार साहले समान ४२–४२ रन बनाए । बलिङतर्फ जनताका सागर क्षेत्री, बिनोद शाही र सम्बद्र्धन दुवाडीेले एक एक विकेट लिए ।

१७२ रनको लक्ष्य पछ्याएको जनताले निर्धारित ओभरमा ४ विकेट गुमाएर १०९ रनमात्र बनाउन सक्यो । उसका लागि अंकित आरजे र निराजन केसीले समान २६–२६ रनको योगदान दिएका थिए । बलिङतर्फ गोल्डेनगेटका रविकुमार साहले २ विकेट लिए । अलराउण्ड प्रदर्शन गरेका रवि खेलको म्यान अफ द म्याच भए ।

अर्को खेलमा टस हारेर पहिले ब्याटिङ गरेको शंकरदेवले प्रदीप ऐरीको विष्फोटक ५० रनको सहयोगमा निर्धारित ओभरमा ५ विकेट गुमाएर १६८ रन बनाएको थियो । शंकरदेवका लागि ओपनरहरु सुनील धमला र आयुस्मान बमले पनि समान ४४ रनको उत्कृष्ट पारी खेलेका थिए । बलिङतर्फ डीएभीका सुमित झा र दिलिप यादवले २–२ विकेट लिए ।

१६९ रनको लक्ष्य पछ्याएको डीएभीले अदिल खानको ७७ रनको विष्फोटक पारीको सहयोगमा १५.३ ओभरमै जित निकाल्यो । खानले ३५ बल खेलेर ६ छक्का र ५ चौका प्रहार गरेका थिए । उनका अलावा सुमित महर्जनले २८ र सञ्जय श्रेष्ठले ३६ रनको अविजित पारी खेले । बलिङमा शंकरदेवका प्रेम तामाङ र सुनील धमलाले १–१ विकेट लिए । खेलको म्यान अफ द म्याच अदिल खान चुनिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey