सान्चेज अझै फर्ममा आउन सकेका छैनन्ः माउरिन्हो
- नेप्लेज
- |
- २०७४-११-२६
- |
- 169 पटक हेरिएको
फागुन २६ । म्यान्चेष्टर युनाइटेडका प्रशिक्षक जोसे माउरिन्होले एलेक्सिस सान्चेजले पूर्ण रुपमा क्षमता प्रस्तुत गर्न नसकेको बताएका छन् ।
चिलिका फरवार्ड सान्चेजले म्यान्चेष्टर युनाइटेडको खेल्ने शैली राम्रोसँग बुझ्न नसक्दा शतप्रतिशत प्रदर्शन गर्न नसकेको प्रतिक्रिया दिएका छन् । बार्सिलोना र आर्सनलमा उत्कृष्ट प्रदर्शन गरेका सान्चेजले म्यान्चेटर युनाइटेड आएपछिको आठ खेलमा सान्चेज एक गोलमात्र गर्न सफल भएका छन् ।
‘सान्चेज युनाइटेडको लय समात्न प्रयास गरिरहेका छन् । हामी पनि उनीबाट शतप्रतिशत प्रदर्शन कसरी पाउने हो त्यसबारे बुझिरहेका छौं ।’ माउरिन्होले भने ।
विन्टर सिजमा क्लब ट्रान्सफर भएका कारण लय समात्न केही कठीन हुने गरेको माउरिन्होको भनाइ छ ।