फुटबल :एभरेष्ट र पिस क्वाटरफाईनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-१९
  • |
  • 187 पटक हेरिएको

एभरेष्ट वल्र्ड र पिस प्वाईन्ट स्कुल प्रथम केभीएस कप अन्तरविद्यालय छात्र फुटबल प्रतियोगिताको क्वाटरफाईनल प्रवेश गरेका छन् । एभरेष्टले एलिक्सर एकेडेमी कुमारीगाललाई ५ – ० गोलले पराजित गर्दै क्वाटरफाईनल प्रवेश गरेको हो ।

एभरेष्टका अभिनभ राईले ३ तथा अभिनित राज वाईवा र सरोज घिमिरेले एक एक गोल गरे । यस्तै पिस प्वाईन्टका नेल्सन तामाङ्गको २ र विकास साउदको १ गोल मद्धतले शुभयोग स्कुल स्वयंभुलाई ३ । ० ले पराजित गर्दै अन्तिम ८ मा स्थान बनायो ।

काठमाडौं विनायक शिक्षालय (केभीएस) को आयोजनामा सानोगौचरणमा भइरहेको प्रतियोगिताको आईतबार भएको अन्य खेलमा साम्भवी र केभिएस स्कुलले पनि जित निकाले । साम्भवीले ज्ञानु निकेतनलाई २ – १ ले पराजित ग¥यो । उसको जितमा अनिष श्रेष्ठ र रोशन बजगाईले गोल गरे । ज्ञानु निकेतनका लागि आशिष बोहराले गोल गरे ।

यस्तै केभिएसले कोलम्बर ईन्टरनेशनललाई ३ । ० गोलले पराजित ग¥यो । केभिएसका लागि उत्तम तामाङ्ग, अमर लामा सुनिल नेपालीले गोल गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey