एपीएफलाई सिजनको छैटौं उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 204 पटक हेरिएको

फागुन २४, पर्वत । दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको उपाधि सशस्त्र प्रहरीको एपीएफ क्लवले जितेको छ । फाइनलमा चीर परिचित प्रतिस्पर्धी न्यू डायमण्ड एकेडेमीलाई ३–१ को सेटमा हराउँदै एपीएफले सिजनको छैटौं उपाधि जितेको हो ।

यसअघि एपीएफले भदौमा तीज कप, माघमा ढोरपाटन महिला डवल लिग र मेयर कप तथा फागुनमा प्रधानमन्त्री कप र एनएसटी एनभीए राष्ट्रिय क्लव भलिबल प्रतियोगिता जितेको थियो ।

पर्वतको कुस्मास्थित सशस्त्र प्रहरीको मैदानमा भएको फाइनल खेलामा एपीएफले न्यू डायमण्डको चुनौति २५–१८, १२–२५, २५–१६ र २५–११ ले पन्छायो ।

नेपाल पुलिस तेस्रो भयो । पुलिसले आर्मीलाई २२–२५, २५–२०,२५–२२ र २५–११ को सेटमा हराएको हो ।

उपाधि विजेता एपीएफले १ लाख, उपविजेता न्यू डायमण्डले ६० हजार र तेस्रो भएको पुलिसले ४० हजार रुपैया पुरस्कार पाए । एपीएफकी सरस्वती चौधरी प्रतियोगिताकै उत्कृष्ट खेलाडी बन्दै १० हजार पुरस्कार पाइन् ।

बिधागततर्फ न्यू डायमण्डका प्रतिभा माली उत्कृष्ट स्पाइकर, कृपा अधिकारी उत्कृष्ट सेटर र सलिना श्रेष्ठले उत्कृष्ट डिफेन्स घोषित भए । नेपाल पुलिसकी कमला पुनले उत्कृष्ट सर्भरको उपाधि हात पार्दा एपीएफकी उषा बिष्ट उत्कृष्ट ब्लकर बनिन् । उपीएफका ज्ञानेन्द्र विष्ट उत्कृष्ट प्रशिक्षक बने । उनीहरुले जनही ३ हजार पुरस्कार पाए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey