शिवशक्ति क्रिकेट क्लब रुपन्देही सुपर लिग क्रिकेटको फाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 142 पटक हेरिएको

शिवशक्ति क्रिकेट क्लब भैरहवा, रुपन्देही सुपर लिग क्रिकेटको फाइनलमा प्रवेश गरेको छ ।

भैरहवाको सिद्धार्थ रंगशालामा आज भएको पहिलो सेमिफाइनलमा उसले न्यू होराइजन क्रिकेट क्लब बुटवललाई ६९ रनले पराजित गर्यो ।

टस जितेर पहिले ब्याटिङ गरेको शिवशक्तिले ४४ ओभर तीन बलमा एक सय ५० रनमा अलआउट भयो । उसका लागि प्रथम पराजुलीले ३९, कृष्ण कार्कीले २९ र अमर रौतेलले २२ रनको योगदान गरे । बलिङमा न्यू होराइजनका शुसान भारीले तीन तथा विपिन खत्री र गणेश गौडेलले समान दुई÷दुई विकेट लिए ।

एक सय ५१ रनको लक्ष्य पाएको न्यू होराइजनले २८ ओभर दुई बलमा ८१ रनमा अलआउट भयो । न्यू होराइजनका लागि नूरध्वज सेनको ३८ र विपिन खत्रीको १३ रनको योगदान बाहेक अन्य खेलाडीले दोहोरो अंक बनाउन सकेनन् । उसलाई सस्तैमा रोक्न हरजित सिंहले चार र अमर लिम्बुले विकेट लिए । प्रतियोगिताको दोस्रो सेमिफाइनल भोली लुम्बिनी खुकुरी क्रिकेट क्लब भैरहवा र देवदह क्रिकेट युनिट देवदहबीच हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey