किरणको टिमलार्इ आई लिगको उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२४
  • |
  • 162 पटक हेरिएको

फागुन २४ । नेपाली राष्ट्रिय टिमका गोलकिपर मिनर्भा पञ्जावले भारतीय आर्इ लिगको उपाधि जित्ने पक्का भएको छ ।  विहीबार भएको खेलमा चर्चिल ब्रदर्शलाई १-० ले हराउँदै उपाधि पक्का गरेको हो ।

भारतको तउदेवी लाल फुटबल रंगशालामा भएको खेलमा मिनर्भाको जितमा घानाका खेलाडी विलियम सेइदुले गोल गरे ।

खेलको १५ औ मिनेटमा विलियमको गोल मार्फत मिनर्भाले अग्रता बनाएको थियो । त्यसपछि दुबै टिमबाट गोल हुन नसक्दा किरणको टिम मिनर्भाले जित निकाल्न सफल भयो । जितपछि १८ खेलबाट ३५ अंक बनाएको छ । निरोकाको समान खेलबाट ३२ अङक छ ।

आजै भएको अर्को खेलमा मिनर्भालाई पछ्याइरहेकाे निरोका बराबरीमा रोकियो । जसका कारण किरणको टिम उपाधि आफ्नो पक्षमा पार्न सफल भयो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey