प्लाटिनम फिटनेस सेन्टरद्वारा पलिस्था सम्मानित

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०२-०५
  • |
  • 350 पटक हेरिएको

थाइल्यान्डको बैंककमा आयोजना भएको १६औं विश्व मुवाँथाईकी स्वर्ण विजेता पतिस्था कक्षपति शनिबार सम्मानित भएकी छन् ।

हालै काठमाडौंमा सम्पन्न इन्डो नेपाल मुवाँथाई च्याम्पियनसिपकी पनि स्वर्ण विजेता पलिस्थालाई प्लाटिनम फिटनेस सेन्टरले नगद २५ हजारसहित सम्मान गरेको हो ।

पलिस्थालाई प्लाटिनमका सञ्चालक तथा शारीरिक सुगठनका अन्तर्राष्ट्रिय पदक विजेता सचित प्रधान, राष्ट्रिय फुटबल खेलाडी अनिल गुरुङ, सचिन प्रधान र सुमित्रा गुरुङले सम्मान गरेका थिए ।

पलिस्थाले विश्व मुवाँथाई च्याम्पियनसिपमा ३० केजी तौल समूहमा स्वर्ण जितेकी थिइन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey