यसरी छानियो १३औं सागको लोगो र मस्कट : जीवनराम श्रेष्ठ

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-३०
  • |
  • 216 पटक हेरिएको

काठमाडौं, २९ मस– डिसेम्बर १देखि १० गतेसम्म नेपालमा आयोजना हुन लागेको १३ औं दक्षिण एसियाली खेलकूद सागको लोगो र मस्कट सोमबार सार्वजनिक गरिएको छ ।

नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनाराम श्रेष्ठको संयोजकत्वको गठित लोगो तथा मस्कट छनोट समितिले वैशाख १८ गते मोरङका भोलानाथ पौडेलले बनाएको लागो तथा मस्कटलाई आधिकारिक लोगो बनाउने निर्णय गरेको हो । उक्त लोगो सोमबार युवातथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले सार्वजनिक गरेका छन् ।

लोगो सार्वजनिक भएसँगै सागको काम अब युद्धस्तरमा शुरु भएको उद्घोष पनि गरे । कार्यक्रममा लागो छनोट समितिका संयोजक जीवनराम श्रेष्ठले यसकारण यो लागो छनोट गरिएको यसरी प्रष्ट पारे । अब श्रेष्ठ कै शव्दमा ‘विश्वव्यापी रुपमा परेवालाई हामीले विभिन्न तरिकाले प्रयो गरेको पाइन्छ । आकृति फरक फरक बनाएर प्रयोग गरेको पाउँछौं । पंक्षीलाई नदोहोरिने अवस्था रहेन । हामीसँग समय पनि अलि कम रह्यो । हामीले पाएको समयसिमा भित्र हामी पुनः सूचना गरेर जान सक्ने अवस्था थिएन् । वैशाख १८ गते अन्तिम निर्णय गर्नुपर्ने गरि हामीलाई कार्यादेश दिइएको थियो । त्यसैले हामीले प्राप्त मध्येबाट नै हामीले उत्कृष्ट लोगो र मस्कट छानेको हौं । लोगो बनाउनेलाई एक लाखरुपैयाँ पुरस्कार राखिएको छ ।’

मस्कटमा भने पश्चिम नेपालमा पाइने कृष्णसारलाई राखिएको छ । यसको सरंक्षण र समवद्र्धनमा सरकारले पनि पहल गरिरहेको र आकृति पनि स्पोर्टी खालको भएकाले कृष्णसार छानिएको पनि श्रेष्ठले बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey