जिम्बावेसँगको हारसँगै अफगानिस्तानको सुपर सिक्सको यात्रामा धक्का

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२२
  • |
  • 165 पटक हेरिएको

टेष्ट मान्यता राष्ट्र अफगानिस्तानले एकदिवसिय विश्वकप छनोटमा लगातार दोस्रो हार ब्यहोरेको छ । हारपछि अफगानिस्तानको सुपर सिक्सको यात्रामा ठुलो धक्का लागेको छ ।

पहिलो खेलमा स्कटल्याण्डसँग ७ विकेटले पराजित भएको अफगानिस्तान आज घरेलु टिम जिम्बावेसँग २ रनले पराजित भयो । टस जितेर पहिले ब्याटिङ गरेको जिम्बावे ४३ ओभरमा एक सय ९६ रनमा अलआउट भयो । उसका लागि ४ खेलाडीले मात्र दोहोरो अंक छुन सके । जसमा ब्रान्डन टेलरले ८९ तथा सिकन्दर राजाले ६० रन बनाए । यस्तै कप्तान क्रेग क्रिमेरले १९ रन थपे ।

जवाफमा अफगानिस्तान ४९ ओभर ३ बलमा १ सय ९४ रनमा अलआउट भयो । अन्तिम ओभरमा अफगानिस्तानलाई जितका लागि मात्र ३ रन चाहिएकोमा उसले तेस्रो बलमा अन्तिम विकेट गुमाउन पुग्यो । उसका लागि रहमात शाहले ६९, मोहम्मद नावीले ५१ तथा मोहम्मद सहजादले २४ रन बनाएपनि टिमलाई जित दिलाउन सकेनन ।

अर्को खेलमा स्कटल्याण्डले हङकङलाई ४ विकेटले हरायो । जितपछि स्कटल्याण्ड समुह बी को शिर्ष स्थानमा पुगेको छ भने जिम्बावे दोस्रो स्थानमा छ । प्रतियोगितामा दुबै खेल हारेका अफगानिस्तान र हङकङ तेस्रो र चौथो स्थानमा छन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey