१३औं साग सफल पार्न खेलकूदमन्त्रीको आग्रह

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२७
  • |
  • 188 पटक हेरिएको

काठमाडौं, २७ वैशाख । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माले आसन्न १३औं दक्षिण एशियाली खेलकूद भव्यताका साथ सम्पन्न गर्ने गरि सरकारले काम गरिरहेको बताएका छन् ।

डिसेम्बर १देखि १० तारिखसम्म (मंसिर १५–२४गते) आयोजना हुने सागका लागि सरकारले पनि नीति तथा कार्यक्रममै समावेश गरेकाले बजेट लगाएतका कुनै पनि कुराहरुको कमी नहुने गरि तयारी गरिने प्रष्ट पारे ।

रिपोटर्स क्लब नेपालले शुक्रबार काठमाडौंमा गरेको साक्षात्कारमा मन्त्री विश्वकर्माले प्रतियोगितमा २७ खेल समावेश हुने यसअघि कै निर्णय अनुसार सरकार अघि बढेको बताउँदै एक दुई दिनमा मस्कट सार्वजनिक हुने पनि बताए ।

हालै प्रदेश पाँचमा भएको आठौं राष्ट्रिय खेलकूदमा पदक जितेका खेलाडीहरु नै १३ औं दशिक्षण एशियाली खेलकूदमा नेपालको प्रतिनिधित्व गर्ने भएकाले उनीहरुले जेठ महिना भित्रै बन्द प्रशिक्षणमा राख्ने पनि जानकारी दिए ।

उनले १३ औं साग नेपालको प्रतिष्ठासँगै जोडिएकाले पूर्वाधार लगाएतका सबै कुराहरु असाढ मसान्त भित्र पुरा हुने भन्दै प्रतियोगिता तोकिएकै मितिमा आयोजना हुनेमा ढुक्क हुन पनि आग्रह गरे ।

त्रिपुरेश्वरको दशरथ रंगशाला पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको, पोखरा रंगशाला लगाएतका सबै पूर्वाधारहरु यसै आर्थिक बर्षमा सकिने पनि बताए ।
आठौं राष्ट्रिय खेलकूद सम्पन्न गर्दा केही कमिकमजोरीहरु भएको स्वीकार गर्दै मन्त्री विश्वकर्माले १३औं सागमा यस्तो कमि नहुने पनि प्रष्ट पारे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey