विशेष खेलकुद सुरु

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-२६
  • |
  • 218 पटक हेरिएको
राष्ट्रिय खेलकुद परिषद् (राखेप) को आयोजनामा २४ औं विद्यालयस्तरीय विशेष खेलकुद प्रतियोगिता बिहीबारदेखि लगनखेलस्थित आर्मी शारीरिक तालिम तथा खेलकुद प्रशिक्षण केन्द्रमा सुरु भएको छ ।
प्रतियोगिताको पूर्व मन्त्री जयपुरी घर्ती मगरले एक कार्यक्रमबीच उद्घाटन गरिन् । प्रतियोगितामा दृष्टिविहीन, बहिरा र शारीरिक अपाङ्गतर्फ प्रतिस्पर्धा भइरहेको छ । दृष्टिविहीनतर्फ १ सय १० खेलाडीले १६ स्पर्धा तथा बहिरातर्फ १ सय खेलाडीले १० स्पर्धामा प्रतिस्पर्धा गरिहेका छन् ।
त्यस्तै ७५ खेलाडी सहभागी शारीरिक अपाङ्गतर्फ १० स्पर्धा समावेश छन् । पहिलो दिन आंशिक दृष्टिविहीनतर्फ छात्रा सफ्टबल थ्रोमा वनदेवी मावि, सिधुपाल्चोककी मसली तामाङ पहिलो भइन् । पूर्ण दृष्टिविहीनको सफ्ट बल थ्रो छात्रमा पूर्वाञ्चल ज्ञानचक्षुका राजेन्द्र लिम्बू तथा छात्रामा शिखरकी सरस्वती दाहालले स्वर्ण जिते ।
बहिरातर्फ सटपुटको छात्रमा केन्द्रीय बहिरा मावि, नक्सालका राकेश बस्नेत तथा छात्रामा धौलागिरी बहिरा माविकी अनिता बुढा मगर पहिलो भए । प्रतियोगिता शुक्रबार सम्पन्न हुनेछ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey