रुपन्देहीलाई हराउँदै पुलिस झापा गोल्डकपको क्वाटरफाइनलमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 139 पटक हेरिएको

फागुन २०, झापा । रुपन्देही ११ लाई १–० ले हराउँदै नेपाल पुलिस क्लव झापा गोल्डकपको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

झापाको डोमालाल रंगशालामा भएको खेलमा पुलिसको जितमा रेजिन सुब्बाको एकमात्र गोल निर्णायक बन्यो ।

प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफ गोलरहित बराबरी भएको थियो । त्यसोत ३४ औ मिनेटमा निरकुमार राईले गोलको राम्रो अवसर पाएपनि चुक्न पुगे ।

त्यसपछि ७९ औं मिनेटमा निशाल लिम्बुको उत्कृष्ट प्रहारलाई शत्रुघन चौधरीले बचाए । तर ८२ औ मिनेटमा रेजिन सुब्बाले सुमन लामाको पासको सदुपयोग गर्दै गोल गरे ।

बाँकि समयमा दुबै टिमबाट गोल हुन सकेन र रेजिनको एकमात्र गोल पुलिसलाई क्वाटरफाइनलमा पुर्याउन प्रयाप्त बन्यो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey