नेपालबिरुद्ध सिकन्दर राजा र ब्रेण्डन टेलरको शतक

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-२०
  • |
  • 220 पटक हेरिएको

फागुन २०, काठमाडौं । आईसीसी विश्वकप छनोट प्रतियोगिता अन्तर्गत समूह बी को पहिलो खेलमा घरेलु टोली जिम्बाबेका दुई ब्याट्सम्यानले नेपालबिरुद्ध शतक प्रहार गरेका छन् । भेट्रान खेलाडी ब्रेण्डन टेलर र सिकन्दर राजाले शतक प्रहार गरेका हुन् ।

टस जितेर पहिले ब्याटिङ गरेको टेष्ट मान्यताप्राप्त टोली जिम्बाबेले शानदार ब्याटिङ गर्दै निर्धारित ओभरमा ६ विकेट गुमाएर ३८० रन बनाउँदा राजा र टेलरले शतक तथा सोलोमन मिरेले अर्धशतक पूरा गरे ।

नेपालको बलियो पक्ष मानिएको बलिङपंक्ति आजको खेलमा अपेक्षाकृत चल्न नसक्दा जिम्बावे खेलमा हावी भयो ।

नेपालबिरुद्ध पाकिस्तानी मुलका जिम्बाबेका ब्याट्सम्यान सिकन्दर राजाले विष्फोटक पारी खेल्दै १२३ रन बनाए । यो उनको चौथो अन्तर्राष्ट्रिय शतक हो । ४८.४ ओभरमा सोमपाल कामीको बलमा रोहित कुमार पौडेलको हातबाट क्याचआउट हुनुअघि उनले उनले मात्र ६६ बलमा ७ चौका र ९ छक्का प्रहार गरे । उनी ३०.५ ओभरमा क्रेग इर्भाइन आउट भएपछि क्रिजमा गएका थिए ।

त्यस्तै ब्रेण्डन टेलरले १०० रन पूरा गरे । ४८.५ ओभरमा सोमपालले नै ललित राजवंशीको हातबाट क्याचआउट गराएका हुन् । त्यसअघि उनले ९१ बल खेलेर ७ चौका र १ छक्का प्रहार गरेका थिए । टेलरको यो नवौं अन्तर्राष्ट्रिय शतक हो ।

त्यस्तै जिम्बाबेका ओपनर सोलोमोन मिरेले पनि ५२ रनको अर्धशतकीय पारी खेले । १४.३ बसन्त रेग्मीले आउट गर्नुअघि मिरेले ४१ बलमा ३ छक्का र ५ चौका प्रहार गरे ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey