आठौंकाे उद्घाटनका लागि राष्ट्रपतिकाे समय, समापनमा प्रधानमन्त्रीले अझै समय दिएनन् !

Kelmi

  • नेप्लेज
  • |
  • २०७६-०१-०३
  • |
  • 469 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन बैसाख ५ गते साझ ५ बजेर ४५ मिनेटमा बजे हुने भएको छ ।

राष्ट्रपति विध्यादेवी भण्डारीले गर्ने उद्घाटनका लागि तयारी सुरु गरिएको छ । महेन्द्र रंगशालामा हुने उद्घाटन समारोहका लागि राष्ट्रपति भण्डारी ५ गते दिउसो २ बजे काठमाडौंबाट नेपालगञ्जका लागि जानुहुनेछ । सो दिन आठौंका उद्घाटन गरेपछि नेपालगञ्जको सोल्टी होटेलमा बस्नुहुनेछ । ६ गते काठमाडौं फर्किनुहुनेछ ।

आठौं समापनका लागि प्रधानमन्त्री केपी शर्मा ओलीलाई निम्तो दिएपनि अझै समय नदिएको बताइएको छ । ११ गते राष्ट्रपति चीन जाने भएकाले उहाँको विदाई गर्नुपर्ने भएकाले प्रधानमन्त्रीले समय अझै नदिएको बताइएको छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey