आठौं राष्ट्रिय खेलकुदः कुस्तीमा पुरूषमा प्रदेश २ र महिलामा प्रदेश सात पहिलाे

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-२९
  • |
  • 216 पटक हेरिएको

आठौं राष्ट्रिय खेलकुद अन्तर्गत नै कुस्तीमा पुरूषमा प्रदेश दुईले ६ स्वर्ण र तीन रजत पदक प्राप्त गरेको छ । यस्तै ५ नं प्रदेशले तीन स्वर्ण र चार कास्य पदक प्राप्त गरि दोस्रो स्थानमा रह्यो ।

कपिलबस्तुमा भएको प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले एक स्वर्ण र एक रजत पदक प्राप्त गर्यो भने पुलिस क्लवले दुई रजत र ६ कास्य पदक हात पार्यो । यस्तै प्रदेश तीन र सातले दुई रजत र तीन कास्य पदक प्राप्त गरेका छन् ।

महिला तर्फ प्रदेश सातले ६ स्वर्ण, तीन रजत र एक कास्य पदक प्राप्त गरि पहिलो भएकोछ ।

त्रिभुवन आर्मीले तीन स्वर्ण र तीन रजत पदक प्राप्त गर्यो । प्रदेश नं. एकले एक स्वर्ण र सात कास्य पदक प्राप्त गरि तेस्रो भयो । पुरुष तर्फ सहभागी सबै ६ वटा प्रदेश र दुई विभागिय टोलीले पदक प्राप्त गरेका थिए । महिला तर्फ भने दुई तीन र ६ ले मात्र पदक हात पारे ।

प्रतियोगिताको उत्कृष्ट खेलाडीमा महिला तर्फ प्रदेश एक की श्रीजासु गिरी र पुरुष तर्फ प्रदेश ५ का रमेश गोतामे बने ।

प्रतियोगितामा पुरुष तर्फ ५७, ६१, ६५, ७० र ७४ किलो तौल समुहमा प्रतिस्प्रर्धा भएको थियो । त्यस्तै ७९, ८६, ९२, ९७ र १ सय २५ किलो तौल समुहमा पनि प्रतिस्प्रर्धा भएको थियो । महिला तर्फ ५०, ५३, ५५, ५७ र ५९ किलो तौल समुहमा प्रतिस्प्रर्धा भएको थियो ।

त्यस्तै ६२, ६५, ६८, ७२ र ७६ किलो तौल समुहमा प्रतिस्प्रर्धा भएको थियो । ५ वा ५ भन्दा कम खेलाडीको प्रतिस्प्रर्धा हुदा लिगका आधारमा खेलाईएको थियो । ६ भन्दा बढी भए नकआउटका आधारमा खेलाईएको प्रमुख प्रशिक्षक मुमताजअली ईद्रिसीले बताए ।

 

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey