थिएरी अनरी वेङ्गरको विकल्प बन्लान् ?

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१५
  • |
  • 316 पटक हेरिएको

आर्सनलका कीर्तिमानी गोलकर्ता थिएरी अनरीले आर्सनलको बागडोर सम्हाल्न आफु इच्छुक रहेको बताएका छन् । हाल बेल्जियमका सहायक प्रशिक्षकको जिम्मेवारी लिइरहेका अनरीको आर्सनलप्रति ठूलो आस्था र माया रहेका कारण उनी यो जिम्मेवारी लिन चाहन्छन् ।

सन् १९९९ देखि २००७ सम्म आर्सनलमा खेल्दै अनरीले २५४ खेलमा १७४ गोल गर्दै आर्सनलको सर्वकालिक कीर्तिमान तोडेका थिए । उनले आर्सनललाई दुई वटा प्रिमियर लिग पनि जिताएका थिए ।

आर्सनलका पूर्व स्ट्राइकर इयान राइटले नयाँ सिजनमा क्लबले नयाँ प्रशिक्षक नियुक्त गर्नु पर्ने धारणा राखेका छन् । एक अन्तरवार्ताका क्रममा राइटले वेङ्गरको प्रशिक्षणमा पछिल्लो एक दशक भन्दा लामो समय आर्सनलले समर्थकहरुलाई खुसी दिन नसकेको प्रतिक्रिया दिए ।

‘थिएरी आर्सनलका राजा हुन् । क्लब यो अवस्थामा आइपुग्दा उनी सो जिम्मेवारी आफ्नो काँधमा लिनका लागि उनी पनि उत्साहित हुनेछन् ।’ राइटले थपे, ‘तर मुख्य प्रशिक्षकको अनुभव नपाएका अनरीको आर्सनल सम्हाल्ने क्षमताका बारेमा भन्न सक्दिन ।’

लिग कपको फाइनलमा म्यान्चेष्टर सिटीसँग पराजित भएपछि आर्सने वेङ्गरको चर्को आलोचना भइरहेको छ । इंग्लिस फुटबलका विश्लेषकहरुले पनि आर्सनलले वेङ्गरको विकल्प खोज्नु पर्ने बताइरहँदा राइटले पनि नयाँ सिजनमा आर्सने वेङ्गर प्रशिक्षककै भुमिकामा रहनुमा कुनै तुक नरहने बताए ।

आर्सनलका लागि २८८ खेलमा १८५ गोल गरिसकेका राइटले आर्सनल फेरी विपक्षीलाई कडा टक्कर दिने टिम बन्नु पर्ने बताए । ‘आर्सनलले नयाँ खेलाडी अनुबन्ध गर्नुपर्छ जसले गर्दा समर्थक तथा खेलाडीमा नयाँ रोमाञ्चकता ल्याउँछ ।’ उनले भने ।

‘सबै टिमले प्रगति गर्दै शीर्ष पाँच भित्र पर्न सफल भइरहेका छन् । तर आर्सनल अर्कै बाटो हिँडिरहेको छ ।’ सन् १९९७–९८ सिजनमा आर्सनललाई प्रिमियर लिग जिताएका राइटले भने ।

आर्सनलको ६६ प्रतिशत शेयरको मालिक अमेरिकी स्टान क्रेएन्केले क्लबप्रति कुनै चासो नदेखाएको आरोप पनि उनले लगाएका छन् । क्लबको यो प्रदर्शनमा क्रोएन्केले जिम्मेवारी लिनु पर्ने धारणा राईटको छ । ‘क्रोएन्केले क्लबप्रति अलिकतिमात्र चासो देखाएको भए खराब प्रदर्शनको बाबजुत वेङ्गरको थप दुई बर्ष सम्झौता लम्बिने थिएन ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey