वान वेल्ट वान रोड रेस्लिङ च्याम्पियनसिप बैशाखमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-१२-०१
  • |
  • 242 पटक हेरिएको

काठमाडौं । चीन वान वेल्ट वान रोडको अवधारणलाई सहयोग गर्ने उद्देश्यले नयाँ बर्षको अवसरमा एमकेडब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को सहयोग, एमकेडब्लु चीनको समन्वयन र नेपाल रिङ रेस्लिङ संघको आयोजना २८ बैशाखमा २०७६मा एम के डब्लु वेल्ट एण्ड रोड च्याम्पियनसिप हुने भएको हो ।

शुक्रबार पत्रकार सम्मेलनमार्फत नेपाल रिङ रेस्लिङ संघकी अध्यक्ष सुनिता थापाले वीआरआईको माध्यमबाट समकालीन अन्तर्राष्ट्रिय सम्बन्ध विस्तारमा योगदान हुने भएको र यसबाट नेपाललाई समेत लाभ हुने भएकाले यो च्याम्पियनसिप नेपालमा आयोजना गरिएको बताइन् । यस अघि वान वेल्ट वान रोड च्याम्पियनसिप चीनमा भएको थियो । ‘खेलकुदको माध्यमबाट समेत चीन र नेपालको सम्बन्धलाई बलियो बनाउन केहि योगदान दिने हामीले विश्वास लिएका छौं’ थापाले बताइन् । त्रिपुरेश्वरस्थित कर्भडहलमा २८ बैशाखका दिन ३ः०० बजे हुने प्रतियोगितामा ६ देशका टप रेस्लरहरुको सहभागीता हुने छ ।

प्रतियोगितामा नेपाल, चीन, अमेरिका, इग्ल्यान्ड, हङकङ, न्यूजिल्यान्डका खेलाडीहरुको सहभागीता रहेको छ । नेपालका चर्चित रेस्लर नुवाकोट टाइगर, ठाकुर, डेभिड, एक्स हिरो, साइन, चट्टान, दिलाशाले प्रतिस्पर्धा गर्ने छन् । त्यसैगरि अमेरिकाका एस सिल्भा, जेडा, जोम्बिइ ड्रागन र अंकल मनि छन् भने युकेका विग सामको सहभागीता हुने छ । चीनका बेम्बो क्रुसर, दा बाइ, ब्ल्याक माम्बा छन् । त्यसैगरि हङकङका के सी, चियरम्यान एएल, मिचेल सु छन् । न्यूजिल्यान्डका टोमी कम्ब्याट छन् । रेफ्रीमा प्रदिप पाण्डे, कुवरे केसी, विकाश खड्का रहने आयोजकले जनाएको छ ।

प्रतियोगितामा दुईवटा वेल्ट विजेता घोषणा गरिने छ । जसमा वेल्ट एण्ड रोड च्याम्पियन र वल्र्ड च्याम्पियनको वेल्ट प्रदान गरिने नेपाल रिङ रेस्लिङ संघकी महासचिव सुवर्ण श्रेष्ठले बताइन् प्रतियोगितामा एकल, ट्याग टिम, टु भर्सेस टु, वे कर्नर, रोप एन्ड कर्नरका प्रतिस्पर्धाहरु गराइने छन् ।

यो प्रतियोगिता आयोजना गर्नका लागि ४५ लाख बजेट लाग्ने अनुमान गरिएको र राखेपले पनि सहयोग गरेको थापाले बताइन् । प्रतियोगिताको आतिथ्य साझेदारमा सानेपाको होटल एल्लो दरबार रहेको छ ।

यस संघले २०७३ को बैशाखमा पहिलो पटक पहिलो अन्तर्राष्ट्रिय रिंग रेस्लिङ च्याम्पियनसिप गरेको थियो । त्यसपछि नियमित रुपमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय च्याम्पियनसिप गर्दै रहेको थापाले बताइन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey