क्लब लिग बास्केटबलमा आर्मीको अपराजित यात्रा कायमै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१४
  • |
  • 162 पटक हेरिएको

फागुन १४, काठमाडौं । डलब लिग क्लब बास्केटबलमा त्रिभुवन आर्मी क्लबले आफ्नो अपराजित यात्रा कायम राखेको छ ।

सोमबार भएको खेलमा आर्मीले शंकरदेव क्याम्पसलाई ७१–५० स्कोरले हरायो । शंकरदेवलाई पहिलो दुई क्वार्टरमा पछि पारेपछि आर्मीले जित हात पा¥यो । पहिलो दुई क्वार्टरमा २२–११ र २२–४ को फराकिलो अग्रता लिँदै आर्मीले २९ स्कोरले अघि रह्यो ।

तेस्रो र चौथो क्वार्टरमा शंकरदेवले १६–११ र १९–१६ को अग्रता लिएपनि जितका लागि पर्याप्त भएन ।

आर्मीलाई जित दिलाउनका लागि आयुश सिंहले ब्यक्तिगत १५ स्कोरको योगदान दिए ।

जितसँगै आर्मी ५ खेलबाट १५ अंक बनाउँदै शीर्ष स्थानमा पकड जमाउन सफल भएको छ । शंकरदेव भने ६ अंक सहित तेस्रो स्थानमा छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey