राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई बृजद्वारा क्रिकेट सामाग्री हस्तान्तरण

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-१०-१०
  • |
  • 239 पटक हेरिएको

माघ १०, पाेखरा ।  राष्ट्रिय क्रिकेट टिमका खेलाडी शरद भेषवाकरले राईजिड्ड पोखरा क्रिकेट एकेडेमीलाई क्रिकेट सामाग्री हस्तान्तरण गरेका छन् ।

पोखरामास्थित राईजिङ पोखरा क्रिकेट एकेडेमीलाई पुष्पतारा केडिया सेवा संस्थाद्धारा आयोजित एवं वृज सिमेन्ट इण्डष्ट्रीजद्धारा प्रायोजन गरिएको क्रिकेट सामाग्री हस्तान्तरण गरिएको हो ।

शरद भेषवाकर वृज सुपर प्रिमियिम ओपिसी सिमेन्टको ब्राण्ड एम्बेसडरको रुपमा बिगत एक बर्षदेखि आवद्ध छन । त्यस क्रिकेट एकेडेमीमा करीव ३० जना खेलाडीहरुले प्रशिक्षण लिइरहेका छन् ।

क्रिकेट एकेडेमीको स्थापना एक बर्ष अगाडि भएको हो ।  नेपाली क्रिकेट खेलमा वृज सिमेन्टले गरेको सहयोग एकदमै राम्रो भएको उहाँले बताउनुभयो तथा यसरी निजी क्षेत्रबाट यस किसिमको सहयोगले आम खेलकुदमा लाग्ने युवाहरुलाई हौसला हुने तथा उनीहरुले आफनो खेललाई अझ राम्रो तरिकाले प्रर्दशन गर्न सक्ने समेत बताउनुभयो । भविष्यका कर्णधार साना साना प्रशिक्षण लिइरहेका खेलाडी भाईबहिनीहरुलाई यो सामाग्री अत्यन्तै प्रभावकारी हुनेछ ।

वृज सिमेन्ट इण्डष्ट्रीज प्रा.लि केडिया अर्गनाईजेशन अन्तर्गत एउटा प्रभाग हो । यो कम्पनी भैरहवा–लुम्विनी (रुपन्देही जिल्ला) मा अवस्थित छ ।
शरद भेषवाकर टि २० बिश्व क्रिकेटको ८० औ लोकप्रिय ब्याट्समेनको रुपमा रहेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey