कीर्तिमान पछ्याउँदै सलाह, लिभरपुलले युनाइटेडलाई उछिन्यो

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 185 पटक हेरिएको

फागुन १२ । इंग्लिस प्रिमियर लिगमा लिभरपुल दोस्रो स्थानमा उक्लिएको छ । वेष्टह्याम युनाइटेडलाई ४–१ को भारी अन्तरले हराएपछि अ‌ंक तालिकामा लिभरपुलले म्यान्चेष्टर युनाईटेडलाई उछिनेकाे छ।

एन्फिल्डमा भएको खेलमा लिभरपुललाई जित दिलाउनका लागि इम्रे क्यान, मोहम्मद सलाह, रोबर्टो फिरमिनो र साडियो मानेले १–१ गोल गरे ।

खेलको २९ औं मिनेटमा सलाहको पासमा इम्रे क्यानले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए ।

५१ औं मिनेटमा मोहम्मद सलाहले गोल गरेपछि लिभरपुलले २–० को अग्रता लियो । ५७ औं मिनेटमा फिरमिनेले लिभरपुलका लागि तेस्रो गोल थपे ।

तर ५९औं मिनेटमा मिचाइल एन्टोनीले वेष्टह्यामका लागि गोल गर्दै लिभरपुलको अग्रता ३–१ मा छाट्याए ।

खेलको अधिकांस समय बल आफ्नो नियन्त्रणमा लिएको लिभरपुलले ७७ औं मिनेटमा चौथो गोल थप्याे ।

जितसँगै लिभरपुल २८ खेलबाट ५७ अंक जोड्दै दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको म्यान्चेष्टर युनाइटेड ५६ अंक सहित तेस्रो स्थानमा छ ।

स्वारेजकाे कीर्तिमान भेटाए सलाहले

वेष्टह्याम विरुद्धको गोलसँगै मोहम्मद सलाहले लुइस स्वारेजले बनाएको ३१ गोलको कीर्तिमान बराबरी गरेका छन् । सन् २०१३–१४ सिजनमा लुइस स्वारेजले ३७ खेलमा ३१ गरेका थिए । यसै सिजन इटालियन क्लब रोमाबाट लिभरपुलमा आबद्ध भएका इजिप्सियन स्टार सलाहले ९ वटा एसिस्ट पनि गरेका छन् ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey