हेटाैंडा गोल्डकपको उपाधि आर्मीको पोल्टामा, सिजनको छैटौ‌ उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 175 पटक हेरिएको

नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा हराउँदै त्रिभुवन आर्मीले हेटौडा गोल्डकपको उपाधि जितेको छ ।

हेटौडामा भएको फाइनलमा आर्मीले नेपाल पुलिस क्लवलाई टाइब्रेकरमा ४–३ गोल अन्तरले हरायो ।

निकै प्रतिस्पर्धात्मक बनेको खेलको निर्धारीत ९० मिनेट गोलरहित बराबरी भएको थियो । तर ९० मिनेटमा दुबै टिमले केहि राम्रा अवसर पाएपनि सदुपयोग गर्न सकेनन ।

जसका कारण खेल टाइब्रेकरमा धकेलियो । टाइब्रेकरमा आर्मी भाग्यमानि सावित भयो । आर्मीको पहिलो पेनाल्टी प्रहार बाहिरीएपनि त्यसपछि लगातार चार वटा प्रहार गोलमा परिणत गर्दा पुलिसले दुई गोल मात्र गर्न सक्यो ।

प्रतियोगितामा उत्कृष्ट खेलाडी आर्मीका विमल पाण्डे घोषित भए । उनले ५० हजार रुपैयाँ पाए ।

यस्तै उत्कृष्ट गोलकिपर आर्मीका विकेश कुथु, उत्कृष्ट डिफेन्डर पुलिसका दिनेश राजबंशी, उत्कृष्ट मिडफिल्डर पुलिसका तेज तामाङ, उत्कृष्ट स्ट्राइकर पुलिसका अभिशेक रिजाल र बेष्ट कोच आर्मीका नविन न्योपाने बने ।

उनिहरुले जनही १५ हजार रुपैया पाए । प्रतियोगिताको विजेता आर्मीले ५ लाख रुपैयाँ पायो । यो सिजन आर्मीको छैटौ उपाधि हो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey