हिसान बास्केटबलमा टाइम्स र साइपाल च्याम्पियन

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-१२
  • |
  • 232 पटक हेरिएको

काठमाडौं, १२ फागुन । टाइम्स इन्टरनेसनल कलेज र साइपाल एकेडेमी चौथो हिसान उपत्यकाव्यापी खेलकुद सप्ताहअन्तर्गत बास्केटबलमा आइतबार च्याम्पियन बनेका छन् । टाइम्स ब्वाइज तथा साइपाल गल्र्समा च्याम्पियन बने ।

बसुन्धारास्थित ऋत एकेडेमीमा भएको ब्वाइज फाइनलमा टाइम्सले मोर्गन इन्टरनेसनल कलेजलाई ५४–३८ ले पराजित ग¥यो । टाइम्सको जितमा सुजन लिम्बूले २२ अंक योगदान गरे ।
गल्र्सको उपाधि भिडन्तमा प्रतिक्षा मगरको १७ अंक सहयोगमा साइपालले जेभियर इन्टरनेसनल कलेजलाई ३४–२० ले हरायो ।

काठमाडौं जिल्ला कार्यसमिति हिसानद्वारा आयोजित प्रतियोगिताको ब्वाइजमा टाइम्सका जसमान तामाङ तथा गल्र्समा साइपालकी निलम शेर्पा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।
विजेतालाई पूर्व मन्त्री लेखराज भट्ट, हिसानका केन्द्रीय अध्यक्ष रमेश सिलवाल, खेलकुद सप्ताहका संयोजक रामहरि सिलवाल, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारीलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । बास्केटबलसंगै खेलकुद सप्ताहका सम्पूर्ण खेलका प्रतिस्पर्धा सम्पन्न भएको छ । यसअघि भलिबल, फुटसल, टेबलटेनिस र तान डोरीको प्रतिस्पर्धा भएको थियो ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey