हेटाैंडा गाेल्डकपकाे फाइनलमा अार्मी र पुलिस भिड्दै

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-१२
  • |
  • 193 पटक हेरिएको
हेटौंडामा जारी हेटौँडा गोल्डकपको उपाधिका लागि दुई विभागीय टिम त्रिभुवन आर्मी र नेपाल पुलीस क्लब बीच आज प्रतिस्पर्धा हुने छ ।
प्रतियोगिताको सेमीफाइनलमा मनाङ मस्र्याङ्दीलाई १–० ले पाखा लगाउदै त्रिभुवन आर्मी फाइलमा पुगेको हो । नेपाल पुलीस क्लबले संकटालाई २–० ले पराजीत गर्दै आर्मी संगको भेट पक्का गरेको हो । आर्मी हेटौंडा गोल्डकपको पहिलो र दोस्रो संस्करणमा फाइनलमा पुगेको थियो ।
तेस्रो पटकपनि उसले आफ्नो फाइनल यात्रा कायम राखेको छ । पहिलो संस्करणमा मनाङसंग पराजित भएको आर्मीले दोस्रो संस्करणमा मनाङलाई पराजित गर्दै उपाधि जितेको थियो । नेपाल पुलीस क्लब भने पहिलो पटक हेटौंडा गोल्डकपको फाइनलमा पुगेको हो ।
दुबै टिम फाइनल जित्ने दाउमा रहेका छन् ।
दुबै टिमका क्याप्टेन र प्रशिक्षकले भोलीको खेल जित्ने रणनीतीक साथ मैदानमा उत्रने बताए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey