सीपीएल क्रिकेटः कुमुदिनी होम्स र स्याङजा बहुमुखी क्याम्पस सेमिमा

Kelmi

  • नेप्लेज
  • |
  • २०७४-११-११
  • |
  • 185 पटक हेरिएको

फागुन ११, कास्की । कुमुदिनी होम्सले अमरसिंह माविलाई दोस्रो खेलमा पनि पराजित गर्दै तेस्रो एक्सपर्ट कलेज प्रिमियर क्रिकेट लिगको सेमिफाईनल सुरक्षित गरेको छ ।

शुक्रबार तय भएको अर्को खेलमा बर्षा बाधक बनेपछि पीएन क्याम्पसलाई रनरेटमा हराउँदै स्वाङ्जा बहुमुखी क्याम्पसपनि सेमिफाइनलमा पुगेको छ ।
स्याङजा र पृथ्वीनारायण क्याम्पसको समान तीन तीन अंक भएपनि नेट रनरेटको आधारमा स्याङजा सेमिफाईनल प्रवेश गरेको प्रतियोगिताका संयोजक विधान श्रेष्ठले जानकारी दिए ।

स्याङजा बहुमुखी क्याम्पसले शुक्रबार पोखरा रंगशालाको क्रिकेट मैदानमा भएको खेलमा जनप्रिय उच्चमाविलाई सस्तैमा समेटेपछि नेट रन रेटको आधारमा स्याङजाले अन्तिम चार पक्का ग¥यो । टस हारेर व्याटिङ गर्न आएको स्याङजाले प्रतियोगिताकै सर्वाधिक १९७ रन बनाउँदै इनिङ टुग्याउँदा ओपनर विश्व थापाले पहिलो अर्धशतक पुरा गरे ।

जनप्रियका बलर सन्जु विक, सागर सुवेदीले एक एक विकेट लिए ।

१९८ रनको लक्ष्य पछ्याएको जनप्रिय ७९ रनमा अलआउट हुन पुग्यो । सुवास थापाले १८ रन जोडे । अन्य व्याट्सम्यानको व्याटबाट भने दोहोेरो रन निस्किएन ।
स्याङजाका बलर विरु गुरुङ ४ ओभरमा ८ रन दिएर चार विकेट लिँदै म्यान अफ दि म्याच घोषित भए । अशोक श्रेष्ठले चार ओभरमा १५ रन खचिर्दै २ विकेट लिए ।

कुमुदिनी होम्सले अमरसिंहलाई लिगको दोस्रो खेलमा ३५ रनले पराजित गर्दै पोखरा विश्वविद्यालयसँग सेमिफाईनल खेल्ने पक्का ग¥यो ।

टस जितेर व्याटिङ गरेको कुमुदिनीले ११४ रन बनाउँदै लक्ष्य पछ्याउने जिम्मेवारी अमरसिंहलाई दिएको थियो । तर अमरसिंहले लक्ष्य मात्रै पछ्याएर पुग्ने अवस्था थिएन् ।

सेमिफाईनल प्रवेशको लागि राम्रो रन रेटको खाँचो थियो । तर ७९ रनमा समेटिदाँ सबै विकेट गुमाउन पुग्यो । १५ बलमा १७ रन र दुई विकेट लिएका कुमुदिनी होम्सका देव साह म्यान अफ दि म्याच घोषित भए । कुमुदिनीको इनिङसमा इशान्त श्रेष्ठले ३० बलमा २६ रन बनाए ।

शनिबारको पहिलो सेमिफाईनल सत्यवती मावि दमौलीले स्याङजा बहुमुखी क्याम्पससँग खेल्ने छ । दोस्रो सेमिफाईनल कुुमुदिनी होम्सले पोखरा विश्वविद्यालयसँग खेल्ने छ ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey