क्याम्ब्रिजलाई माफ भलिबल उपाधि

Kelmi

  • नेप्लेज
  • |
  • २०७५-११-०७
  • |
  • 172 पटक हेरिएको
क्याम्ब्रिज पब्लिक स्कुलले दोश्रो माफ अन्तरविद्यालय छात्र भलिबल प्रतियोगिताको उपाधि मंगलबार जितेको छ ।
हाडीगाउँस्थित एड्भान्स स्कुलमा भएको फाइनलमा क्याम्ब्रिजले एड्भान्सलाई २५–२१, २३–२५ र २५–१३ को सेटमा पराजित ग¥यो ।
माफद्वारा आयोजित प्रतियोगितामा जगत मन्दिरले तेश्रो स्थानमा चित्त बुझायो । जगत मन्दिरले लाइसियम मोडेललाई २५–२१ र २५–२२ को सोझो सेटमा हरायो ।
विजेतालाई नेपाल भलिबल संघकी उपाध्यक्ष निरोज मास्के, माफका अध्यक्ष राजन आचार्य, एड्भान्सका प्रिन्सिपल पुरुषोत्तम देवकोटालगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
सो अवसरमा उपाध्यक्ष मास्के र विज किड्सका प्रिन्सिपल राजेश खरेलले खेलाडीको प्रदर्शनबाट प्रभावित भएर तीन खेलाडीलाई प्रोत्साहन स्वरुप नगद पुरस्कार प्रदान गरेका थिए । उपाध्यक्ष मास्केले क्याम्ब्रिजका निराजन बस्नेत र एड्भान्सका सञ्जय खत्री तथा प्रिन्सिपल खरेलले एड्भान्सका अतिला शेर्पालाई नगद पुरस्कार प्रदान गरे । चारदिने प्रतियोगितामा १३ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।

भर्खरै

Advertisement

Nepal Rastra Bank

Advertisement

nepalipatro
Nepal Cricket Jersey